बरुण हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बरूण हाइड्रोपावरलाई १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नका लागि अनुमति पाएको हो ।

कम्पनीले यसअघि नै बिक्री प्रवन्धकको रुपमा आरबीबी मेर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।