
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९३ अंकले घटेर २६७० विन्दुमा रोकिएको हो ।
आज प्रिओपन सेसनमा नै नेप्से ३४.७९ अंकले बढेर २७१२ विन्दुसम्म पुगेको थियो । त्यसपछि ११ बजेर तीन मिनेटमा नेप्से २७७१ विन्दुसम्म पुगेपनि त्यसबाट घट्दै २६७० विन्दुमा सीमित भएको हो ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ४९.०९ अंकले बढेर २६७७ विन्दुमा कायम भएको थियो भने सोमबार १९.३० अंकले बढेको थियो ।
बुधबार सूचक घटेपनि कारोबार भने बढेको छ । आज नेप्सेमा कुल १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया