बैंकहरुकाे वर्गीकरण ठीक भएन, पुनरावलाेकन गनुर्पर्छ: दिनेश थकाली

4.4k
Shares

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका उपाध्यक्ष दिनेश थकालीले विकास बैंकहरुलाई सरकारले गरेको वर्गीकरण ठीक नभएको बताएका छन् । अर्थ समितिमा बुधबार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले त्यसरी वर्गिकरण गर्दा जनमानसमा घ वर्गको बैंकलाई खराब नजरले हेर्ने गरिएको बताए ।

उनले कमर्सियल बैंकहरुले परियोजनाहरु लगानी गरेजस्तै घरेलु तथा मझौला उद्योगको विकासका लागि विकास बैंकले लगानी गरेको बताए । कृषि उपज व्यवसायमा लगानी गरेको यो क्षेत्रलाई वर्गीकरणका कारण जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने वातावरण बनाउन नहुने उनको भनाइ छ ।

उनले भने ‘बैंक वित्त संस्थाहरुको वर्गीकरण क, ख, ग, घ गरेर वर्गीकरण गरिन्छ । यसमा पनि घ वर्गको बैंकलाई राम्रो नजरले हेरिँदैन । जनमानसमा नकारात्मक प्रभाव परेको छ । कम्तिमा राख्नैपर्छ भने वाणिज्य, विकास, वित्त बैंक वा लघुवित्त मात्रै राख्दा राम्रो हुन्छ, धेरै राख्नुभएन । यसलाई पुरावलाेकन गर्नुपर्छ ।’

वर्गीकरणमा क र ख मात्रै वा विकास बैंक वा कमिर्सियल भनेर छुट्याए हुने भन्दै उनले विकास बैंकले गर्ने कार्यहरु वृहत बनाउनुपर्ने बताए । ‘त्यसले अर्थतन्त्रमा समेत टेवा दिनसक्छ । सञ्चालकको उमेरमा हद राख्नुभन्दा पनि योग्यता, अनुभवलाई आधार बनाउनु पर्छ,’ उनले भने ।

Skip This