बजेटबाट चुरोट रक्सीमा कर नबढाउन आग्रह, व्यापारीकाे चलखेल रोकिनुपर्ने


काठमाडौं । आगामी बजेटबाट चुरोट तथा रक्सीमा कर नबढाउन संसद सदस्यले आग्रह गरेका छन् । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताएका हुन् ।

उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा विचौलियाको कुरा धेरै चलेको पनि उनको भनाइ छ ।

संसद मिश्रले भने ‘बजेट आउँदैछ यही बेला बजेटमा करका दर बढाउनु भनेको चलखेल हो । तसर्थ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन् ।’

मिश्रले भने ‘मरो दुई हात जोडेर बिन्ति छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौं व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् ।’

संसदमा पक्षमा हुँदा बजेटमा तालि बजाउने र विपक्षीमा हुँदा कमा र फुलस्टप समेत चेन्ज नगरेको कस्तो बजेट हो यो भन्ने गरिएको छ । उनले ‘नेपालमा विचौलियाको कुरा धेरै हुन्छ हरेक ठाउँमा काम गर्ने मान्छेहरु चाहिन्छ । त्यसैले हामीकहाँ नयाँ नयाँ लोकतन्त्र भएर हो वा कुरा गर्न नपाएर हो या सञ्चार क्षेत्रले अरु कुरा गर्ने समय नभएर हो विचौलियाकै कुरा धेरै भइरहेको छ ।’

संसदमा पक्षमा हुँदा सरकारले जे गरेपनि तालि बजनाउने र विपक्षमा हुँदा विरोधमात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा दिए ।