ग्वार्को फ्लाइओभरमा जेठभित्रै गाडी गुडाउन पाइने, धमाधम काम (फोटो फिचर)


काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरमा जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ ।

निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ । तर वर्षा ‍भइरह्यो भने सञ्चालनमा ल्याउन समस्या हुने निर्माण कम्पनीको भनाइ छ ।