
काठमाडौं । प्रिओपन सेसनमै सेयर बजार ३४.७९ अंकले बढेको छ ।
बुधबार प्रिओपन सेसनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.७९ अंकले बढेर २७१२ विन्दुमा पुगेको हो ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ४९.०९ अंकले बढेर २६७७ विन्दुमा कायम भएको थियो भने सोमबार १९.३० अंकले बढेको थियो ।
सेयर बजार मंगलबार गभर्नर नियुक्ती गर्ने विषय आएसँगै हरियाली भएको थियो ।
सोअनुसार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै सेयर बजार प्रिओपन सेसनमै उत्साहित बनेको हो ।








प्रतिक्रिया