मन्त्रिपरिषद् बैठक सुरु, गभर्नर नियुक्त गर्ने तयारी

343
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

मंगलबार अपराह्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त गर्ने छ । आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले केन्द्रीय बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा. पोषराज पाण्डे रहेको सिफारिस समितिले पहिलो नम्बरमा विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।