
काठमाडौं । गभर्नर सिफारिस समितिको वैठक सकिएको छ । राष्ट्र बैंकको १८ औं गभर्नर चयनका लागि बसेको सिफारिस समितिको बैठक सम्पन्न भएको हो ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आजै मध्याह्न गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका थिए ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको सिफारिस समिति सदस्यमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा. पोषराज पाण्डे छन् ।
आजै गभर्नर नियुक्त हुने सम्भावना बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेतवार्तापछि अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बसेको हो। दुई नेताबीच डा विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटेको स्रोतको दाबी छ ।
प्रतिक्रिया