
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
हिजो बस्नेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको भन्दै बैठक रोकिएको थियो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान छलफल भएको छ । त्यस लगत्तै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।
दुई शीर्ष नेताबीच गभर्नर नियुक्तिका विषयमा छलफल भएको जनाइएको छ ।
आजै गभर्नर सिफारिस समितिको बैठक पनि बोलाइएको छ । गभर्नर सिफारिस समितिको बैठकले नाम सिफारिस गरेसँगै आजैको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने सम्भावना रहेको जनाइएको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
कांग्रेस एमालेबीचमा यसअघि सिफारिस समिति सदस्य रहेका डा विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको नेताहरुको भनाइ छ । उनले सिफारिस समितिबाट राजीनामा दिका छन् ।







प्रतिक्रिया