
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई पाइपलाइनबाट हटाएको छ ।
बोर्डले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीको कम्पनी बेनी हाइड्रोदेखि कैलाश सिरोहियाको कान्तिपूर टेलिभिजनदेिख एमाले सांसद देवी प्रकाश भट्टचनको प्रभु हेलिकोप्टर लगायत १४ कम्पनीलाई आईपीओ निष्कासनको पाइपलाइनको सूचीबाट हटाएको हो ।
सबोनले संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशन पालना गर्न भन्दै ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनको पर्खाइको सूचीबाट हटाएको हो ।
आईपीओ पाइपलाइनबाट हटाइएका कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ्ग्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, सानिमा हाइड्रोपावर लिमिटेड, रिचेत जलविद्युत् कम्पनी, र बेनी हाइड्रोपावर प्रोजेक्ट छन् । बेनी हाइड्रो
यस्तै, लाफिङ्ग बुद्ध पावर नेपाल, यूनिक हाईडेल कम्पनी, पुवा खोला-वान हाइड्रोपावर, एक्कर्ड फर्मास्यूटिकल्स, सोपन फर्मास्यूटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकप्टर लिमिटेडलाई पनि पाइपलाइनबाट हटाएको छ ।
यसअघि, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ९० रुपैयाँभन्दा कम प्रतिसेयर नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति नदिनु भनेकाले सोही विषयलाई देखाएर सेबोनबाट यस्तो निर्णय भएको हो । १४ कम्पनी हटाएसँगै अब आईपीओ निष्कासन अनुमति पर्खाइमा रहेका कम्पनीको संख्या ७७ कायम भएको छ ।
धितोपत्र बोर्डका अनुसार अब जलविद्युत् क्षेत्रका ३८ कम्पनीको १८ अर्ब ३९ करोड ८४ लाख १३ हजार ३३६ रुपैयाँ बराबरको १७ करोड ९९ लाख ११ हजार ४८५ कित्ता सेयर निष्कासन पाइपलाइनमा छन् ।
सबै क्षेत्रको गरेर भने ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार २३२ रुपैयाँ बराबरको ३६ करोड ९२ लाख ९८ हजार ४०१ कित्ता सेयर सार्वजनिक निष्कासनको पखाईमा छन् ।
९० भन्दा कम नेटवर्थ रहेको आफ्नो कम्पनीले आइपिओ निष्काशनको अनुमति नपाएपछि इप्पान अध्यक्ष गणेश कार्कीले संस्थाको दुरुपयोग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया लगाएर घुस मागेको संगीन आरोप लगाएका थिए ।








प्रतिक्रिया