बालेनले केपी ओलीलाई ‘सरी केपी ओली’ भनेका हुन् ?

2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीको भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘माफ गर्नुहोला केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई साथ दिन्नँ ।’ भनेका हुन् ।

जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीको सबै लागेर भ्रष्टाचार जोगाएको बालेनले बताका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा काठमाडौं महानगरपालिका मेयर बालेन शाह अनुपस्थित भएकोप्रति चासो व्यक्त गरेका थिए । शाहको सट्टा उपमेयर सुनिता डंगोल बैठकमा सहभागी थिइन् । ओलीले यस्ता महत्वपूर्ण बैठकमा जनप्रतिनिधिहरूको उपस्थिति अनिवार्य हुनुपर्ने बताए । यद्यपि उनले बालेनको नाम भने लिएका थिएनन् । प्रतिनिधि बैठकमा नआएको उल्लेख गर्दै आगामी बैठकहरूमा उपस्थिति सुनिश्चित गर्न उनले निर्देशन दिए ।

‘कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानको खातिर मान चाँही छोड्दा पनि हुन्छन्, हामीले केहीको नाम हरेक फङ्सनमा राखिरहन्छौं कहिले पनि देखा पर्दैनन्,’ बालेनको नाम नलिइ ओलीले भनेका थिए, ‘कहिले पनि नआउनेको नाम पद ओहोदाका कारण टाँसिरहनु पर्ने कुनै व्यक्तिलाई महत्वै छैन वास्तै छैन भने त्यो सधै नाम झुन्ड्याइ रहनु पर्दैन , कित तपाईंहरु आउने हो कि होइन रुची छ कि छैन सोध्नुस् । हाइ लेभल कमिटीमा सहभागीताका लागि आमन्त्रण गर्ने तर एक दुई पटक होइन तीन पटक लगातार आएन भने त ! कुनै वास्ता नभएपछि सधै बोलाउनु पर्ने हामीलाई बाध्यता हुने ? यस्तो हुँदैन । अर्को पटकसम्ममा सोधिखोजि गर्नुहोला रेकर्ड गरे आउने हो कि होइन सोधेर राख्नू ।’

सोमबार साँझ बालेनले ओलीको सोही भनाइको जवाफ दिएका हुन् ।