
काठमाडौं । लगातार घट्दोक्रममा रहेको सेयर बजारले आइतबार पनि निरन्तरता पाएको छ ।
साताको कारोकारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७७ अंकले घटेर २६०८.०७ विन्दुमा रोकिएको छ । यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।
आइतबार नेप्सेमा कुल ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि भने नेप्सेमा ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आइतबार ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा छ्याङ्दी हाइड्रापावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
आज कर्पोरेट विकास बैंकको सेयर मूल्य भने सर्वाधिक अर्थात् ९.७८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया