माओवादी सांसदको प्रश्नः झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको आइतवारको बैठकमा माओवादी सांसद राईले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ । पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट रहेको र सरकारको बिरोध भइरहेको बताइन् ।

‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो?’ उनले प्रश्न गरिन् ।