
आइतबार सूर्यदेवको दिन भएकाले आत्मबल, प्रतिष्ठा, नेतृत्व, प्रशासन, पितृकर्म र स्वास्थ्यमा ध्यान दिनुपर्छ। यस दिन सरकारी परियोजना, सौर्य ऊर्जामा आधारित उद्योग, प्रशासनिक सेवा, योग तथा आयुर्वेदिक उपचार क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ। अध्ययनका लागि प्रशासन, राजनीति, दर्शन, योग, आयुर्वेद, भौतिकशास्त्रजस्ता विषयहरू लाभदायक छन्। सूर्यलाई जल चढाउँदा बिहान सूर्योदयको समयमा स्नान गरी ताँपाको लोटामा शुद्ध जल, रातो फूल, अक्षता र थोपा दूध राखेर सूर्यतर्फ हेरी ओम घृणिः सूर्याय नमः मन्त्र जप्दै तीन पटक अर्घ्य दिनु राम्रो हुन्छ। सेयर बजारमा सूर्यसम्बन्धी कम्पनीहरूजस्तै सोलार प्रोजेक्ट, सरकारी सहकार्यमा सञ्चालित संस्थाहरू, आयुर्वेद, सरकारी बैंक वा बीमा कम्पनीहरूको सेयर खरिद उपयुक्त हुन्छ भने अत्यन्त जोखिमयुक्त वा अनैतिक काम गर्ने कम्पनीहरूको सेयर बिक्री गर्नु राम्रो हुन्छ। आइतबार पितृ तर्पण, पितृ सन्तुष्टि कार्य, दान, ध्यान, योग, आत्मअवलोकन र गरिबहरूलाई सहयोग गर्नु पुण्यदायक हुन्छ। कुण्डलीमा पञ्चम भावको स्वामी पञ्चम भावमै रहँदा वा सूर्य १ र ५ अङ्कमा रहँदा जातकलाई उच्च सम्मान, विद्या, आत्मबल, सन्तानको सफलता, सरकारी पद, पिताको सहयोग, राजनीतिक उन्नति मिल्ने सम्भावना रहन्छ। तर सूर्य सप्तम भावमा दुर्बल अवस्थामा वा ७ अङ्कको साथमा हानीकारक ग्रहसँग भएमा अहंकार, पारिवारिक कलह, पितासँग दूरी, सरकारी झमेलामा पर्न सक्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा सूर्यको शान्तिका लागि आदित्यहृदय स्तोत्र पाठ, जल अर्घ्य, पितृ सेवा र सात्त्विक जीवनशैली अति आवश्यक हुन्छ। सुझावस्वरूप, आइतबार आत्म-अवलोकन, संयम, संयन्त्र निर्माण, सरकारी कामप्रति श्रद्धा, पितृसेवा र अनुशासनमा लाग्नु हितकर हुन्छ। यदि तपाईं को कुण्डलि मा १र ५ को अङ्क मा सुर्य छ भने तपाईं लाई कुनै पनि क्षेत्रको हाकिम बन्न कसैले रोक्न सक्दैन ।।।
आज मिति: विक्रम संवत् २०८२ साल जेठ ४ गते आइतबार। ई.सं. २०२५ मे १८ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ बछलागा। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायण। ऋतु ग्रीष्म। आज ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि दिउँसो २:३५ बजेपछि सप्तमी तिथि लाग्नेछ। उत्तराषाढा नक्षत्र अपराह्न ४:०६ बजेपछि श्रवण नक्षत्र रहनेछ। योग शुक्ल दिउँसो ३:२१ बजेपछि ब्रह्म योग लाग्नेछ। करण क्रमशः गर दिउँसो २:५० बजेसम्म त्यसपछि वणिज। राति २:३५ बजेसम्म भद्रा लाग्नेछ। चन्द्रमा मकर राशिमा रहेका छन्। आनन्दादि योगअनुसार आज अमृत योग रहेको छ। दिनमान १३ घण्टा ३१ मिनेटको छ। आज सूर्योदय बिहान ५:१५ मा हुनेछ भने सूर्यास्त साँझ ६:४६ मा हुनेछ। विशेष रूपमा आज राति २:३५ बजेपछि भद्राकाल सुरु हुनेछ।
मेष
आजको दिन तपाईलाई आधुनिक प्रविधि र स्टार्टअप योजनामा राम्रो लाभ मिल्नेछ। यदि तपाईंको सोच नयापन र आविष्कारमा छ भने, तपाईका प्रयास सफल रहनेछन्। यद्यपि, रियल इस्टेट र स्थिर उद्योगहरूको क्षेत्रमा लगानी नगर्नुहोस्। टाउको दुख्ने समस्या देखिन सक्छ। “
वृष
डिजिटल मार्केटिङ र फिनटेक जस्ता क्षेत्रहरुमा लगानी गर्दा तपाईंलाई राम्रो लाभ मिल्नेछ। पुरानो व्यापार र वित्तीय क्षेत्रमा लगानी नगर्नुहोस्। घाँटी र स्वरसम्बन्धी समस्या देखिन सक्छ। “
मिथुन
बायोटेक क्षेत्र नयाँ उपचार विधिहरू र औषधिहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दैछ, जसमा लगानी गर्नु होस। पारंपरिक उद्योग र खपत सम्बन्धी क्षेत्रहरूमा लगानी नगर्नुहोस्। पेट र नसा सम्बन्धी समस्या देखिन सक्छ। “
कर्कट
नयाँ प्रविधि, कृषिमा आधारित नवीन प्रणाली र जैविक उत्पादनमा लगानी गर्दा राम्रो परिणाम मिल्नेछ। निर्माण, जग्गा जमिन र जोखिमपूर्ण उद्योगहरूबाट टाढा रहनुहोस्। छाला र पेट सम्बन्धी समस्या देखिन सक्छ। “
सिंह
आजको दिन तपाईंको नेतृत्व क्षमता र सृजनात्मक सोचको कारण उच्च मान्यताको प्राप्ति हुनेछ। नयाँ व्यापार र व्यापारिक योजनाहरूमा ध्यान दिनुहोस्। यद्यपि, पुरानो लगानी क्षेत्र वा वित्तीय क्षेत्रहरूमा सावधानी अपनाउनुहोस्। पिसाब र हड्डी सम्बन्धी समस्या देखिन सक्छ। “
कन्या
आजको दिन तपाईको कामको प्रशंसा हुनेछ र नयाँ अवसरहरू सामुन्ने आउनेछन्। व्यवसायमा सिर्जनात्मक विचार र रणनीतिहरूको प्रयोग गर्न सको भने, परिणाम राम्रो हुनेछ। यद्यपि, ध्यान पुर्याएर काम गर्न आवश्यक छ। आन्द्रा र पेट सम्बन्धी समस्या देखिन सक्छ। “
तुला
आजको दिन अनुकूल समय हुनेछ, विशेषगरी कानूनी, समृद्धि र विदेश यात्रा सम्बन्धी योजनामा लाभ मिल्नेछ। तपाईंको संवाद र कामको शैलीले तपाईंलाई लाभ दिलाउनेछ। यद्यपि, पुरानो लगानी वा दायराहरूबाट सावधान रहनुहोस्। घाँटी र मस्तिष्कसँग सम्बन्धित समस्याहरू देखिन सक्छ। “
बृश्चिक
आजको दिन तपाईंलाई कडा मेहनत र समर्पणका कारण सफलता प्राप्त हुनेछ। नयाँ परियोजना वा योजनामा ध्यान दिनुहोस्। यद्यपि, पेसा र लगानीका क्षेत्रमा सतर्क रहनुहोस्। मांसपेशी र जोर्नीसम्बन्धी समस्या देखिन सक्छ। “
धनु
आजको दिन समृद्धि र शान्तिको संकेत गर्दछ। नयाँ अवसरहरूको खोजी गर्न सफल हुनेछन्। व्यापार र सामूहिक काममा उत्तम परिणाम मिल्नेछ। यद्यपि, भावनात्मक समस्यामा सतर्क रहनुहोस्। श्वासप्रश्वास र मस्तिष्कसँग सम्बन्धित समस्या देखिन सक्छ। “
मकर
आजको दिन तपाईको मेहनत र परिश्रमले प्रतिफल दिनेछ। यस समयमा व्यापार र लगानीमा लाभको सम्भावना छ। यद्यपि, स्वास्थ्यमा सतर्क रहनुहोस् र अत्यधिक थकानबाट बच्न प्रयास गर्नुहोस्। हड्डी र मांसपेशी सम्बन्धी समस्या देखिन सक्छ। “
कुम्भ
आजको दिन तपाईका लागि परिवर्तनको संकेत गर्दछ। विशेष गरी काम र पेशामा सुधार आउनेछ। नयाँ अवसरको खोजी गर्दा सफल रहनेछ। यद्यपि, भावनात्मक समन्वय र परिवारसँगको सम्बन्धमा ध्यान दिनुहोस्। मानसिक र हृदय सम्बन्धी समस्याहरू देखिन सक्छ। “
मीन
आजको दिन प्रविधि र आविष्कारमा लगानी गर्दा लाभ मिल्नेछ। तपाईंको सृजनात्मकता र कल्पनाशक्तिले राम्रो परिणाम दिन सक्छ। यद्यपि, अस्वस्थ र भावनात्मक दबावबाट बच्न ध्यान दिनुहोस्। पाचन र हृदयसम्बन्धी समस्या देखिन सक्छ।








प्रतिक्रिया