काठमाडौंसहित अधिकांश ठाउँमा किन गयो बिजुली ?

3.6k
Shares

काठमाडौं । बिहीबार साँझ देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा समस्या आएपछि देशका अधिकांश स्थानमा लोडसेडिङ भएको हो ।

सबस्टेसनमा समस्या आउँदा काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा बिजुली गएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारको भनाइ छ ।

समस्या पहिचानको प्रयास भइरहेको र यसमा केही समय लाग्न सक्ने उनको भनाइ छ । पछिल्लो समय विद्युत ट्रिपङको समस्या बढ्दै गएको छ।