
शनिबार हिन्दू धर्ममा शनिदेवलाई समर्पित दिन हो। शनिदेव कर्म, न्याय र दण्डका देवता मानिन्छन्। उहाँ न्यायाधीश जस्तै हुनुहुन्छ। जसले प्रत्येक प्राणीलाई कर्म अनुसार फल दिनुहुन्छ। शनि ग्रह धीमा गतिको ग्रह हो र जन्मकुण्डलीमा यसको अवस्था अनुसार जातकको जीवनमा विभिन्न प्रभाव पार्दछ।
पिपलको रुखमा ब्रह्मा, विष्णु र महेशको वास हुन्छ भन्ने मान्यता छ। शनिदेवको विशेष कृपा पाउन पिपलको पूजा गर्ने प्राचीन परम्परा छ। उद्योग कलकारखाना मालिकलाई जन्मकुण्डलीमा शनि ग्रहले महत्वपूर्ण प्रभाव पर्दछ।
शनि ७ स्थानमा हुँदा: व्यवसाय साझेदारी, सहयोगी, ग्राहकसँग टिकाउ सम्बन्ध बन्ने, दीर्घकालीन स्थिरता, विश्वसनीयता प्राप्ति, कानुनी मामिलामा सफलता, सामाजिक प्रतिष्ठा बढ्ने। साझेदारीमा विवाद, कडा अनुशासनले तनाव, वैवाहिक वा व्यक्तिगत सम्बन्धमा बाधा, व्यवसाय निर्णयमा ढिलाइ।
शनि १० स्थानमा हुँदा: करियर, व्यवसायमा उच्च पद, मान–सम्मान प्राप्ति, कठोर परिश्रमले ठूलो सफलता, उद्योग–व्यापार विस्तार, दीर्घकालीन प्रगति सम्भावना। कामको दबाव, जिम्मेवारी बढी, मानसिक तनाव, शारीरिक कमजोरी, व्यवसाय नियम–कानुनमा कडाइ।
शनि ११ स्थानमा हुँदा: लगानीमा सफलता, लाभ सुनिश्चित, सामाजिक सञ्जाल र सम्बन्ध बलियो, उच्च आर्थिक स्थिति, दीर्घकालीन लाभ। लाभ प्राप्तिमा ढिलाइ, लगानी जोखिमपूर्ण, ध्यान नदिए आर्थिक मामिलामा कडा अनुशासन आवश्यक।
शनि मेष राशिमा हुँदा: व्यवसायमा बाधा, संघर्ष, अवरोध बढ्ने, योजना कार्यान्वयनमा कठिनाइ, ढिलाइ, मानसिक तनाव, असन्तुष्टि, अस्वस्थता, साझेदारी र कर्मचारीसँग समस्या बढ्ने, आर्थिक घाटा, लगानी जोखिम।
सुझाव: अनुशासन, धैर्य र नियमित परिश्रम अत्यावश्यक हुन्छ। वृद्ध–गरीबको सेवा र शनिदेवको पूजा गरी सकारात्मक प्रभाव ल्याउन सकिन्छ। जोखिम कम गर्ने र कानुनी व्यवस्थापन राम्रो गर्ने उपाय अपनाउनुपर्छ। यसरी शनि ग्रहको स्थिति अनुसार उद्योग–व्यापारमा सफलता र असफलता दुवै सम्भावित हुन्छन्। शनि उच्च भावमा हुँदा सकारात्मक परिणाम र मेष राशिमा हुँदा सावधानी आवश्यक हुन्छ।
नमस्कार, दर्शकवृन्द! म अनुप खतिवडा, तपाईंहरूको आफ्नै ज्योतिष । आज हामी ग्रहहरूको चाल, तपाईंको राशिको प्रभाव, र यसको समाधानबारे विस्तृत रूपमा छलफल गर्नेछौं। हेरौँ, आज तपाईंको दिन कस्तो रहनेछ!”
सुरु गरौ आजको पन्चाङ बाट
आज मिति वि.सं. २०८२ साल जेठ ०३ गते शनिबार। अङ्ग्रेजी क्यालेन्डरअनुसार सन् २०२५ मे १७ तारिख शक संवत् १९४७। नेपाल संवत् ११४५ बछलागा। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायण। ऋतु ग्रीष्म। आजको तिथि: ज्येष्ठ कृष्णपक्षको पञ्चमी दिउँसो २:५७ बजेपछि षष्ठी सुरु हुनेछ। नक्षत्र: पूर्वाषाढा दिउँसो ३:३२ बजेपछि उत्तराषाढा लाग्नेछ। योग: साध्य राति १२:३७ (२४:३७) बजेपछि शुभ, अनि शुक्ल योग। करण: कौलव दिउँसो २:५७ बजेपछि तैतिल र त्यसपछि गर। चन्द्रमा आज धनु राशिमा रहनुहुन्छ। आनन्दादि योग: मातंग। दिनमान १३ घण्टा ३० मिनेट रहेको छ। आज सूर्योदय बिहान ५:१६ बजे र सूर्यास्त साँझ ६:४६ बजे हुनेछ। शनिबारको यो दिन अध्यात्म, ध्यान, दान र शनिदेवको आराधनाका लागि विशेष लाभदायक मानिन्छ।
मेष
तामाको भाँडा, पूजा सामग्री, फलाम उनिको कपडा गुन्द्री पिरा जस्ता सामान किन्नु शुभरहनेछ। चमकदार गहना, नकिन्नुहोस आखामा समस्या आउने छ। इतिहासिक संग्रहालय घुम्न जानुस शुभ हुनेछ। श्रीरामचरितमानस, हनुमान चालीसा पाठ गर्नुस सन्तान निरोगी हुनेछ्न। टेनिस, फुटबल र पौडी जस्ता खेल हरु खेल्नुहोस। विशेष सुझाव: ध्यान र साधना गर्नको लागि समय निकाल्नु, बास्तु अनुसार उत्तर-पूर्व दिशा स्वच्छ राख्नु।
वृष
फलाम निर्मित वस्तु, तोरीको तेल पराल बाट बनेका पिरा, गुन्द्री, सुकुल, राडी पाखी, पंखा, एसी, किन्नु शुभ हुनेछ। चिनी, सुन किन्नु तेति शुभ छैन। समथर टारहरु जहाँ ढकमक्क फुलहरु फूलेको ठाउँमा परिवार घुम्न जानू शुभ छ। विष्णु पुराण, भगवद्गीता पाठ गर्नु शुभ हुनेछ। क्रिकेट, दौड जस्ता खेलमा सहभागिता जनाउनुस। जीवनसाथीको अधिक खर्चले तपाईंलाई तनाव दिनेछ। केही धनहरु हराउने योग पनि छ। मानसिक शान्ति कायम राख्नु।
विशेष सुझाव: बास्तु अनुसार घरको दक्षिण-पश्चिम दिशा बलियो राख्नु, आर्थिक समृद्धि ल्याउने छ।
मिथुन
बदाम, नरिवल, चाँदीको सामान किन्न शुभ रहेको छ। सेतो वस्त्र, सुन किन्दैनकिन्नुस जसले तपाईंको सोच्न सक्ने क्षमतामा ह्रास ल्याउँछ। उच्चपहाडी क्षेत्रमा सपरिवार घुम्न जानुस दिन शुभ हुनेछ। भागवत गीता, रामायणको पाठ गर्नु, जेस्ठ नागरिक को सम्मान गर्नुस। गुरु पुरोहितको आशिर्वाद लिनुस। दिन अति शुभ छ। बास्केटबल, दौड जस्ता खेलमा भाग लिन सक्नुहुनेछ।
विशेष सुझाव: घरको उत्तर दिशा स्वच्छ राख्नु, मानसिक शान्तिको लागि ध्यान गर्नु।
कर्कट
पूजा सामग्री, तोरीको तेल, सेता कुराहरु कपुर, कपास किन्नु लाभ मिल्ने छ। मिठाई किनेर बाड्नुस रोकिएका काम ८०% बन्नेछ। बहुमुल्य सामान झुकिएर पनि नकिन्नुस सन्तान बिरामी पर्न सक्छ्न। मन्दिर, नदी, तलाउ र बनभोज जानुस शुभ हुनेछ। दुर्गा सप्तशती, भागवत गीता पाठ गर्नाले तपाईंको उर्जा बढ्ने छ। बुद्धि चाल खेल्नु तपाइको लागि राम्रो हुनेछ।परिवारको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नु। तपाईंलाई गोप्य रोगले सताउँछ।
विशेष सुझाव: बास्तु अनुसार घरको उत्तर-पश्चिम दिशा बलियो राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।
सिंह
आज चनाको दाल, कालो तील, तामाको पूजा पाठ गर्ने भाडावर्तन, किन्न शुभ हुनेछ। जस्ले पदोन्नति हुन मद्दत गर्दछ। सेतो वस्त्र, सुन किने तपाईंलाई हानी हुन्छ। आर्थिक उन्नतीमा बाधा हुनेछ। स-परिवार लामो यात्रा गर्नुस दिन शुभ हुनेछ। महाभारत, रामायण पुस्तक पढ्नाले सन्तान संस्कारी हुनेछ्न। फुटबल, क्रिकेट जस्ता खेल खेल्नुस जस्ले शारीरिक र मानसिक स्फुर्ती बड्ने छ।
विशेष सुझाव: घरको दक्षिण दिशा बलियो राख्नु, आन्तरिक ऊर्जा वृद्धि हुन्छ।
कन्या
कालो तील, पूजा सामग्री, तोरिको तेल र ऎना किन्न शुभ हुनेछ। चिनी, सुनका गरगना चांदिको भाडा किन्नु शुभ छैन। उच्चस्थानमा स-परिवार घुम्न जानू शुभ देखिन्छ। भागवत गीता, विष्णु पुराण पाठ गर्नाले सन्तान कुलतमा लाग्दैन्न। बैडमिन्टन, दौड र भलिवल खेल्न सक्नुहुनेछ जस्ले मानसिक स्फुर्ती बड्ने छ। मानसिक शान्ति र सकारात्मकता कायम राख्नु।
विशेष सुझाव: घरको उत्तर-पश्चिम दिशा स्वच्छ राख्नु, आन्तरिक शान्ति प्राप्त हुन्छ।
तुला
बदाम, कालो तील र सोफा फर्निचर को सामान किन्नु शुभ छ। चिनी, सुन, चादी, रत्नहरु किन्दैनकिन्नुस एस्ले तपाइको आर्थिक उन्नतिमा बाधा गर्नेछ। इतिहासिक क्षेत्र स-परिवार घुम्न जानुस परिवार खुशी हुनेछ्न। रामायण, महाभारत जस्ता धामिक पुस्तकको अध्यान गर्नुस। बास्केटबल, टेनिस खेल्नुस ब्याट्मिन्टन खेलमा चोट लाग्ने सम्भावना देखिन्छ। हड्डी र मांसपेशीको समस्या आउने छ।
विशेष सुझाव: बास्तु अनुसार घरको उत्तर-पश्चिम दिशा बलियो राख्नु, सकारात्मक ऊर्जा बढाउँछ।
बृश्चिक
काँचो अन्न, तेल, हरियो वस्त्र किने सन्तान सुख पाईन्छ। सुन र रत्न किन्नु तेति शुभ छैन। शिवमन्दिर, पोखरी, तलाउ घुम्न जादा शुभ हुने देखिन्छ। श्रीरामचरितमानस र भगवत गीता पढ्दा लाभ मिल्ने छ। क्रिकेट, स्विमिङ जस्ता खेलहरु पनि खेल्न सक्नु हुनेछ। परिवारका सदस्यलाई मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस। पेट र पाचन समस्यामा ध्यान दिनुहोस कुनै भोजभतेरमा सहभागिता जनाउँदै हुनुहुन्छ भने खानपिनमा ध्यान दिनुस समाधानको लागि।
विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु र मन्दिरमा ध्यान गर्नु, यसले मानसिक शान्ति र समृद्धि ल्याउँछ।
धनु
आज तपाईंले धार्मिक पुस्तक, खेलकुदका सामाग्री, हरियो वस्त्र, पूजा सामग्री किन्न अति शुभ छ। चिनी, सुन किन्न शुभ छैन।
पढ्न पर्ने किताब: भगवद गीता, रामायण। निकुञ्ज,धार्मिक स्थलहरू घुम्न जादा शुभहुने देखिन्छ। बास्केटबल, फुटबल खेल्दा फाइदा हुनेछ। परिवारलाई शारीरिक र मानसिक विश्राम दिने उपायहरू अपनाउनु।
विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।
मकर
तेल, मसला, इलोक्ट्रोनिक्स सामान हरियो वस्त्र खरिद गर्दा लाभ मिल्ने छ। मोतिको माला सेतो गहना वा रत्न खरिद गर्नु तेति शुभ छैन। धार्मिक स्थल र नदिकिनारा स-परिवार घुम्न जान शुभ हुनेछ। पढ्न पर्ने किताब: विष्णु पुराण, महाभारत। क्रिकेट, स्विमिङ खेल्न सक्नुहुन्छ। परिवारका सदस्यको मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनु होला ।
विशेष सुझाव: घरको उत्तर दिशा सफा राख्नु, यसले आर्थिक समृद्धि ल्याउँछ।
कुम्भ
आज हजुरहरुको लागि चाँदीका गहना, तोरी तेल किन्नु शुभ हुनेछ। बिलासी सामान किन्नु तेति राम्रो हुदैन। बौद्ध स्तुपा वा कृष्ण मन्दिरहरु दर्शन गर्न वा घुम्न जादा शुभ देखिन्छ। पढ्न पर्ने किताब: श्रीरामचरितमानस, भागवद गीता। परिवारका सदस्यलाई मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनु।
विशेष सुझाव: घरको उत्तर-पूर्व दिशा स्वच्छ राख्नु, यसले सकारात्मक ऊर्जा ल्याउँछ।
मीन
आज तपाईंको लागि फलाम, चाँदीको सामान, पूजा सामन किन्न शुभरहेको छ। सुन, गरगहना किन्न तेति शुभ छैन। परिवारको साथमा पर्यटकिय क्षेत्र घुम्न जादा शुभ हुनेछ। आज तपाईंले पढ्न पर्ने किताब: दुर्गा सप्तशती र भागवत गीता रहेका छ्न।
विशेष सुझाव: घरको दक्षिण-पश्चिम दिशा सफा र मज्बुद राख्नु, यसले मानसिक शान्ति ल्याउँछ।







प्रतिक्रिया