
काठमाडौं । बुटवल पावर कम्पनीले न्यादी हाईड्रोपावरको सेयर बिक्री गर्ने कार्य तत्कालाई रोक्का भएको छ ।
बुटवल पावरले न्यादी हाईड्रोपावरमा रहेको आफ्नो नामको ३१ लाख कित्ता सेयर बिक्री गर्न लागेको थियो ।
तर, नियम विपरीत भएको भन्दै नेपाल धितोपत्र बोर्डले सो कार्य हाललाई रोक्का गरेको छ ।
‘सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित हुने हुँदा सो सम्बन्धमा कम्पनीको धारणा सहित यथार्थ विवरण पेस गर्न र हाललाई उक्त सेयर बिक्री गर्ने कार्य स्थगन गर्न बोर्डबाट मिति २०८१ वैशाख ३१ मा सूचीकृत संगठित संस्था बुटवल पावर कम्पनीलाई जानकारी गराइएको छ,’ धितोपत्र बोर्डले भनेको छ ।
प्रतिक्रिया