
काठमाडौं । रेलमार्ग बनाउन हालसम्म साढे ३३ अर्ब रुपैयाँ खर्च भएको देखिएको भएपनि उपलब्धी भने शून्य बराबर नै छ । नेपालको पूर्व पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको छ तर खर्च र उपलब्धी भने न्यून छ।
झापाको काकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिङ्कमार्गहरूसमेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाउन सरकारले २०६५/६६ मै आयोजनाको सुरुवात गरेको थियो ।
यो आयोजनाको सुरु लागत अनुमान रु. ९ खर्ब ५५ अर्ब २२ करोड रहेकोमा संशोधित लागत अनुमान रु. १५ खर्ब पुगेको छ । आयोजना २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यो वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५५३ बिघा जग्गाको मुआब्जासमेतमा हालसम्म रु.३३ अर्ब ४५ करोड खर्च भएको छ । यो आयोजना समयमै सम्पन्न गर्न नसक्दा लागत बढेको बढ्यै छ भने सरकारले गरेको खर्चको उपलब्धि देखिएको छैन ।
प्रतिक्रिया