नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

168
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

Skip This