
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई अनुमति दिएको छ । बोर्डले मंगलबार वातावरण मैत्री परियोजनामा स्रोत परिचालन जुटाउन ग्रिन बोन्ड जारी गर्ने अनुमति दिएको हो ।
दीगो विकास इनिसिएटिभ र जलवायु परिवर्तनमा नकारात्मक प्रभाव हुन नदिन ग्रिन बोन्डले भुमिका खेल्ने बताइएको छ । साथै ग्रिन बोन्डबाट नेपाल राष्ट्र बैंकको ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ लाई पनि साथे दिनेछ ।
बोर्डले अनुमति दिएको बोन्डको आकार ५ अर्ब रुपैयाँ रहेको छ भने बोन्ड ७ वर्षका लागि जारी हुनेछ ।
हालको समयमा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न पूँजी बजारको विकास एक महत्वपूर्ण ग्लोबल प्रवृत्तिका रूपमा अगाडि आएको छ । यसले वातावरणीय संरक्षणमा दिगो वित्तीय अभ्यासको महत्त्वप्रति बढ्दो समझदारीलाई झल्काउँछ ।
नेपालको पूँजी बजारले पनि सोही दिशामा नयाँ कदम चालेको हो । धितोपत्र बोर्डले नेपालमा पहिलो पटक हरित बोन्डको निष्कासनका लागि स्वीकृति दिएको हो ।










प्रतिक्रिया