
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी महसुल बक्यौता रहेका उद्योगीलाई पुनरावलोकनका लागि निवेदन दिन पुन सूचना जारी गरेको छ ।
प्राधिकरणले यसअघि २६ गते सूचना निकालेको थियो ।
प्राधिकरणले सोमबार सूचना प्रकाशिन गरी डेडिकेटेड ट्रंकलाइनका ग्राहकहरूले २०७८ सालको विद्युत वितरण विनियमावली, नियम ५५ को उपनियम (२) बमोजिम बक्यौता रकमको ५० प्रतिशत वा सो बराबरको एक वर्षसम्म म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीबापत राखी, विनियमावलीको उपनियम (९) अनुसार प्रशासनिक पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् ।
प्राधिकरणले निवेदन दिने म्याद हालको कार्यसञ्चालक समितिको मिति २०८२ वैशा २१ को निर्णय अनुसार तोकेको बताएको छ।
डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगीहरू र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।
उद्योगीहरूले टिओडी मिटरको विवरण माग गरिरहेका छन् भने प्राधिकरणले प्रशासकीय पुनरावेदनमार्फत समस्या समाधानको बाटो खुल्ने विश्वास लिएको छ ।









प्रतिक्रिया