नेप्से १४ अंकले घट्यो, साढे ९ अर्बको कारोबार

91
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा रोकिएको छ ।

अघिल्लो दिन सोमबार नेप्से बन्द थियो भने आइतबार सूचक १२.५३ अंकले घटेको थियो । त्यसअघि गत साताको बिहीबार पनि नेप्से १२.०४ अंकले घटेको थियो भने बुधबार भने ६२.२५ अंकले बढेको थियो ।

आज नेप्सेमा कुल ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आइतबार क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९३ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.३९ प्रतिशते घटेको छ ।