आज एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ?

0
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ तोकिएको छ ।

आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रूपैयाँ घटेर प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।