बैशाख २९ गते सोमबार: कुन राशिलाई कस्तो ?

231
Shares

आजको यो पुण्यदिन, बैशाख शुक्ल पूर्णिमाको दिव्य प्रभातमा, हामी सबैले गौतम बुद्धको पावन स्मृति र दिव्य शिक्षालाई श्रद्धापूर्वक सम्झिरहेका छौं। यही त हो—शान्तिको सन्देश संसारभरि फैलाउने, करुणा र अहिंसाको मार्ग देखाउने महान् पुरुष—भगवान् बुद्धको अवतरण दिवस।

कपिलवस्तुमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रको रूपमा जन्मनुभएका सिद्धार्थ गौतमले जीवनका दुःखहरू देखेपछि वैभव त्यागेर मोक्षको मार्ग अँगाले। बोधगया अन्तर्गत पीपलको बोटमुनि तपस्या गर्दै ज्ञान प्राप्त गरिसकेपछि उहाँ बुद्ध बन्नुभयो—बोधिसत्त्व होइन, पूर्णरूपेण बोध प्राप्त महापुरुष।

बुद्धले हामीलाई तीन गहना दिएका छन्—बुद्ध, धर्म र संघ। उहाँले बताउनुभयो कि जीवन दुःखमय छ, तर त्यसको कारण बुझ्न सकिन्छ, त्यसबाट मुक्ति सम्भव छ, र त्यो मुक्ति प्राप्त गर्ने मार्ग पनि छ—यसलाई नै ‘आर्य अष्टाङ्गिक मार्ग’ भनिन्छ।

बुद्धका उपदेशहरू न त कुनै धर्मको दायरा भित्र मात्र छन्, न त कुनै जातको सीमाभित्र। उहाँका विचारहरू—समता, करुणा, मध्यम मार्ग, र निर्वाण—सम्पूर्ण मानव जातिको लागि छन्।

आजको यो बुद्ध जयन्तीमा, हामी सबैले मन, वचन र कर्मबाट शुद्ध भएर आफ्ना जीवनका पाटोहरूलाई बुद्धमार्गतर्फ मोड्न सक्नुपर्छ। दया गरौं, प्रेम गरौं, क्रोध, लोभ, मोह त्यागौं। यिनै त हुन्—हामीलाई पीडाबाट छुटकारा दिलाउने बुद्धका अमूल्य उपदेश।

यस्तो दिव्य दिनमा, सबैजनालाई हाम्रो तर्फबाट शुभकामना—बुद्धको प्रकाशले तपाईंको जीवन उज्यालो बनाओस्।

बुद्धं सरणं गच्छामि।
धम्मं सरणं गच्छामि।
संघं सरणं गच्छामि।

आज मिति: विक्रम संवत् २०८२ बैशाख २९ गते सोमबार। अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ मे १२ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ बछलाथ्व। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायण। वसन्त ऋतु। तिथि वैशाख शुक्ल पूर्णिमा राति ९:३७ बजेपछि प्रतिपदा। नक्षत्र स्वाती बिहान ६:०३ बजेपछि विशाखा। योग वरियान् दिनभर। करण भद्रा बिहान ८:३७ बजे सम्म त्यसपछि वव र राति ९:३७ पछि वालव। चन्द्रमा तुला राशिमा। आनन्दादि योग छत्र। दिनमान १३ घण्टा २४ मिनेट। सूर्योदय बिहान ५:१९ मा। सूर्यास्त साँझ ६:४३ मा। विशेष: आज पूर्णिमा व्रत। गौतम बुद्ध जयन्ती। कूर्म जयन्ती। चण्डी पूर्णिमा। गोरखनाथ जयन्ती तथा वैशाख स्नानको समाप्ति रहेको छ। बिहान ८:३७ बजे सम्म भद्राको अंश रहेकाले सो समयमा विशेष कार्य वा यात्रा टार्न सल्लाह दिइन्छ।

मेष
आज मेष राशी हुनेहरुले फर्निचर्को सामाग्री, बिद्धुतिय सामाग्री,सुनचाँदीको महुमुल्य गरगहना वा मिठाइ किन्नु शुभ हुनेछ। परम्परागत वस्तु मन परे माटोका भाँडा ढिक्की, जाँतो, ओखल, राडी तथा बाँसकाे संग्रह राम्रो विकल्प हुनेछ। हरियालीयुक्त स्थल घुम्न जाने उत्तम समय हो।
आज आँखा, दाँत र पिसावमा समस्या आउने देखिन्छ। समाधानको लागि भगवान विष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण शुभ रङ: रातो, अशुभ रङ: कालो, शुभ अङ्क: ३ र अशुभ अङ्क: ७ रहेको छ।

बृष
आज गहना, माटोका भाँडा, फेसन सामाग्री किचन ग्याजेट्स, हातमा लगाउने गहना र कृतिम झरना किन्न उपयुक्त हुनेछ। जंगल र बन्यजन्तु अवलोकन पार्क पनि घुम्न लाभकारी हुनेछ। आज गर्दन, पेट, र पाचन सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान शिवलाई सम्झी “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: उत्तर ,अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ८रहेको छ।

मिथुन
आज मिथुन राशिकालागि ल्यापटप, मोबाइल फोन, सस्तो इलेक्ट्रोनिक सामान, र किचन ग्याजेट्स किन्नको लागि शुभ हुनेछ। साथै, परम्परागत वस्तुहरू मन परे भने पानी राख्ने घडा, काँचका भाँडा, र काठको वस्तुहरू पनि उपयुक्त हुनेछन्। आजको दिन तराइको समथरफाट, पार्क र एतिहासिक ठाउँ घुम्न जान उपयुक्त हुनेछ। आज सासको समस्या, हृदयसम्बन्धी समस्या र पेट सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पूर्व, अशुभ दिशा: पश्चिम, शुभ रङ: सुन्तला, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ९ रहेको छ।

सिंह
आज सुनचाँदीका गहना, पढ्नको लागि पुस्तक, जिम ग्याजेट्स र आधुनिक इलेक्ट्रोनिक सामान किन्ने दिन शुभ हुनेछ। स्मार्टफोन र राम्रा फेसनका सामान पनि उपयुक्त विकल्प हुनेछ। पर्वत क्षेत्र, शपिङ ग्यालरी वा फिल्म हब जस्ता स्थान घुम्न जान उत्तम समय हो। आज हृदय, मुटु सम्बन्धी र गर्मीका कारण शारीरिक समस्या देखा पर्नसक्छ। आज भगवान सूर्यलाई सम्झी “ॐ घृणि सूर्याय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर शुभ रङ: सुनौलो, अशुभ रङ: खैरो, शुभ अङ्क: १ र अशुभ अङ्क: ९ रहेका छ्न।

कन्या
आज व्यावासिक पुस्तक, फ्रीज, राम्रो ग्यास चुलो, चाँदीको गहना किन्न उपयुक्त रहेको छ। कृषि क्षेत्र, फार्म हाउस र एकान्त प्रेमिल स्थलहरू घुम्न जाने उत्तम समय हो। आज पेट, पाचन समस्याहरू र मांसपेशी सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। आज भगवान गणेशलाई सम्झी “ॐ गं गणपतये नमः” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: पूर्व, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो ,शुभ अङ्क: ५ र अशुभ अङ्क: ४ रहेको छ।

तुला
आज फर्निचर, गहना, घरेलु सामाग्री, मोबाइल, पानीको घडा, पित्तल्को भाँडा किन्न उपयुक्त समय रहेको छ। धार्मिक स्थल, साँस्कृतिक स्थल र पार्क घुम्न जाने उपयुक्त समय हो। नदी किनारा वा एतिहासिक स्थलहरू पनि राम्रो हुनेछ। आज गर्दन, शरीरको भित्री भाग र यौन स्वास्थ्य सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान शुक्रलाई सम्झी “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर, शुभ रङ: सेतो, अशुभ रङ: कालो शुभ अङ्क: ६ र अशुभ अङ्क: ७ रहेको छ।

बृश्चिक
आज सुनको गहना, ११ मुखी रुद्राक्ष, रुद्राछ्को माला, रत्न, गाडी किन्न शुभ हुनेछ। तामा वा धातुको भाँडा किन्न पनि शुभ हुनेछ। आजको दिन हिमाली क्षेत्र, नदी किनारा र साँस्कृतिक स्थलहरू घुम्न जान उपयुक्त समय हो। जंगल र वन्यजीव पार्क पनि घुम्न लाभकारी हुनेछ। आज पेट, पाचन समस्याहरू, तनाव सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। हल्का योग र ध्यान गर्ने उपयुक्त समय हो। आज भगवान कालेश्वरलाई सम्झी “ॐ भौं भौमाय नम: मन्त्र जप गर्नुहोस्। दिन शुभ हुनेछ। शुभ दिशा: उत्तर, अशुभ दिशा: पश्चिम, शुभ रङ: गाढा रातो, अशुभ रङ: कालो, शुभ अङ्क: २ र अशुभ अङ्क: ८ रहेको छ।

धनु
आज पढ्नको पुस्तक, लेदर सामान, सनग्लास र आधुनिक ग्याजेट्स किन्न शुभ रहेको छ। कानमा लगाउने गहना, पाउजु, किचन ग्याजेट्स र राम्राफेसनका कपडा किन्न उपयुक्त विकल्प हुनेछ। आजको दिन पर्वत क्षेत्र, हिमाली क्षेत्रमा घुम्न जान उपयुक्त समय हो। साथै, नदितट र सांस्कृतिक स्थल पनि घुम्न लाभकारी हुनेछ। आज पेट, मांसपेशी, र पाचन सम्बन्धी समस्याहरू देखा पर्नसक्छ। आज भगवान बिष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पूर्व, अशुभ दिशा: दक्षिण, शुभ रङ: सुनौलो, अशुभ रङ: कालो, शुभ अङ्क: ५ र अशुभ अङ्क: ३ रहेको छ।

मकर
आज गहना, होम ऑटोमेशन डिवाइस, इयरबड्स, पुराना सिक्का, गुन्द्री, फेसनको आवस्यक कपडा किन्नु शुभ छ। साँस्कृतिक स्थलहरू, स्मारक क्षेत्र र पर्वत क्षेत्र घुम्न जाने उत्तम समय हो। आज हड्डी, गर्दन र पाचन सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान शनिदेवलाई सम्झी “ॐ शं शनैश्वराय नमः” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर, शुभ रङ: कालो र अशुभ रङ: रातो शुभ अङ्क: ४ र अशुभ अङ्क: ७ रहेको छ।

कुम्भ
तेल, नुन, पूजापाठको सामान, एक्युरियममा राख्न सकिने माछाहरु जस्तै: प्लाटी, स्वार्डटेल, गोल्डफिश, बेट्टा र मोल्ली। तेसैगरी फोटो आर्काइव, पुराना सवारीसाधन किन्नु पनि शुभ छ। आजको दिन साँस्कृतिक स्थल र हिमाली क्षेत्र घुम्न जान उपयुक्त रहेको छ। आज गर्दन, हड्डी, र सांसको समस्या देखा पर्नसक्छ। हल्का योग र ध्यान गर्दा स्वास्थ्यमा लाभ मिल्न सक्छ। आज भगवान शिवलाई सम्झी “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस् शुभ हुनेछ। शुभ दिशा: उत्तर, अशुभ दिशा: पश्चिम, शुभ रङ: नीलो, अशुभ रङ: कालो, शुभ अङ्क: ८ र अशुभ अङ्क: ५ रहेको छ ।

मीन
आज आयुर्वेदिक औषधि, प्राकृतिक सामान, परम्परागत घडी, पुराना पेन्टिंगहरू किन्न शुभ हुनेछ। तेस्तै रेडियो र आधुनिक घरायसी उपकरण किन्न पनि शुभ रहेक छ। मठमन्दिर, हिमाली चिसो क्षेत्रहरु, नदी किनारा र साँस्कृतिक स्थलहरू पनि घुम्न जानू शुभहुनेछ। आज पेट, पाचन समस्याहरू र सांस सम्बन्धी समस्या देखा पर्नसक्छ। आज भगवान विष्णुलाई सम्झी “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: पूर्व, शुभ रङ: हरियो, अशुभ रङ: कालो शुभ अङ्क: ७ र अशुभ अङ्क: १ रहेको छ।