
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टमा पर्नुमा आफ्नो भूमिका नभएको तर्क गरेका छन् ।
अघिल्ला सरकारले नराम्रो गर्दा नेपाल ग्रे लिस्टमा परेको उनको भनाइ छ । आइतबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल ग्रे लिस्टमा अघिल्ला सरकारहरुले के के गरे गरे । नपारौं भनेर बचाउन खोजेको समयनै पुगेन हामीलाई धेरै बिग्रिसकेको रहेछ, अहिले ग्रे लिस्टमा पर्यो ।’
उनले परीक्षामा फेल हुनाको दोष कापि काट्ने बेलाा दिन नमिल्ने बताए ।
‘कपि काट्या बेला फेल भएको होर ? जाँच दिएको बेला फेल भएको थाहा हुनु पर्दैन ?,’ ओलीले भने, ‘पढ्ने बेला, जाँच दिने बेला फेल हुन्छ । कपि काट्ने बेला जे लख्या छ त्यही अनुसार नम्बर पाउने हो, अहिले सरकार कपि काट्ने बेलामा परेको हो ।’










प्रतिक्रिया