
काठमाडौं । कुखुराको दाना बेच्ने सिद्धार्थ पेलेट फिड प्रालिको व्यापार घटेको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको कारोबार घटेको हो ।
कम्पनीले सन् २०२३ मा ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२४ मा १५ प्रतिशतले घटेको हो ।
कम्पनीअनुसार सन् २०२४ मा दानाको बिक्रीमा कमी आएको र मूल्य घट्दा व्यापारमा प्रभाव परेको हो । त्यसैगरी चालु आर्थिक वर्षमा पनि व्यापार घटेको कम्पनीले जनाएको । सन् २०२५ को ८ महिनाको अवधिमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँको मात्रै कारोबार भएको कम्पनीले रेटिङमा उल्लेख गरेको छ ।
त्यस्तै कम्पनीले सन् २०२२ मा ३ अर्ब ५७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२४ मा २.९० प्रतिशत खुद नाफा कमाएको छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले मकवानपुरको हेटौंडामा उद्योगबाट ब्रोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।
१५ वर्षदेखि दाना उद्योगको व्यापारमा रेकर्ड कायम गर्दै आएको कम्पनीमा ८ जना लगानीकर्ता छन् । कम्पनीले भारत, चीन, सिंगापुर र अमेरिकाबाट कच्चा पदार्थ आयात गरी दाना उत्पादन गर्दै आएको छ । कम्पनीले मकै र सोया पिना भारतबाट र अन्य कच्चा पदार्थ चीन, सिंगापुर र अमेरिकाबाट आयात गर्दै आएको जनाएको छ ।








प्रतिक्रिया