
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको नाफा भारी मात्राले घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले ९ महिनामा ७२ करोड ९० लाख रुपैयाँ नाफा गरेको हो ।
एचआईडीसीएलले गत आवको तेस्रो त्रैमास अन्त्यसम्म १ अर्ब ९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीका आम्दानीमा भारी गिरावट आउँदा नाफा घटेको हो । एचआईडीसीएलको वित्तीय आम्दानी १ अर्ब ५८ करोड १२ लाखबाट घटेर १ अर्ब ५ करोड ७४ लाख कायम भएको छ ।
नाफा घट्दा प्रतिसेयर आम्दानी ३.९६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैतमा ईपीएस ६.३८ रुपैयाँ थियो । बैंकको व्याजदर घट्दा कम्पनीको वित्तीय आम्दानी कम भएको हो ।








प्रतिक्रिया