
काठमाडौं । विकास हाइड्रोपावरले जेठ ६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आउँदा जेठ ६ गतेबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्ने जनाएको हो ।
कम्पनीले नेपाल धितोपत्रबोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपिओ निष्कासन अनुमति पाएको थियो ।
जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता सेयर बिक्री खुला गर्नेछ ।
यस कम्पनीमा गैरआवासीय नेपालीको लगानी रहेको छ । स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत र धार्चेस्थित हिमालयन बैंकको शाखा तथा आरुघाटस्थित प्रभु बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।
यसमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
जसबाट, स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बंैकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन मा गई पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।










प्रतिक्रिया