
काठमाडौं । बज्र मादी जलविद्युत आयोजनामा लगानी जुटेको छ । आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो।
आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत ५ अर्ब ३५ करोड रहने छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्स बीच कास्की जिल्लाको मादी गाउँपालिकामा अवस्थित आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो ।
सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबर्द्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना २०८१ कात्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइएको छ । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।








प्रतिक्रिया