
काठमाडौं । ऊर्जा संकटको त्रासबाट नागरिकलाई मुक्त गर्न राष्ट्रिय उपभोक्ता मञ्चले आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले फरफरक तथ्यांक प्रस्तुत गर्दा नागरिकमा ऊर्जा संकटको त्रास पैदा भएको मञ्चले जनाएको छ ।
‘सरकारले केही समय अगाडि विभिन्न कारण देखाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएको कूलमान घिसिंङले प्राधिकरणलाइ ०७४/०७५ देखि चालु आर्थिक वर्षसम्ममा सञ्चित नाफा ४७ अर्ब नाफामा रहेको र हितेन्द्र देव शाक्य प्रमुख कार्यकारी अधिकृत भई आएपछि देखाएको तथ्यांक अनुसार ५ अर्ब २६ करोड संचित घाटामा रहेको देखाएको कारणबाट आम नेपाली ठूलो भ्रममा परेको छ,’ मञ्चले भनेको छ, ‘एउटै संस्थाको घाटा नाफा एक महिना भित्र प्रस्तुत गरेको तथ्यांकमा ठूलो फरक देखिएको अवस्थामा सरकारले यस विषय सत्यतथ्य विवरण ल्याउनुपर्दछ ।
मञ्चले नेपाली जनताले मैनबत्ति र इन्भर्टर बाल्न विर्सीसकेको अवस्थामा ऊर्जामन्त्रीले लोडसेडिंङ अवश्यम्भावी छ भन्नु र नाफाघाटाको फरक तथ्यांक प्रस्तुत हुनु उपभोक्ता हित बिपरित भएको जनाइएको छ ।
यसमा विद्युत् र विद्युत् सामाग्रीको कारोबार गर्ने व्यापारीको चलखेल र भ्रष्टाचारजन्य क्रियाकलाप हुन सक्ने मञ्चले जनाएको छ ।

प्रतिक्रिया