
तपाईंहरु व्यापार नचल्दा चिन्तित हुनुहुन्छ? कि जागिर गुमेको छ ? आर्थीक संकटमा हुनुहुन्छ? ज्योतिषय समाधान अब क्लिक्मान्डु डटकममा। ब्यापार नचल्नुमा प्रायः मङ्गल, बुध, शुक्र, शनि र राहुको दोष प्रमुख रूपमा देखिन्छ। मङ्गल अशान्त भए जोश बढी तर सोच कम हुन्छ। बुध कमजोर भए निर्णय र संचारमा गडबडी हुन्छ। शुक्र कमजोर हुँदा ग्राहक र आकर्षण घट्छ। शनि बाधा ल्याउँछ र राहुले भ्रम र धोखा दिनसक्छ। यी ग्रहको दोषले योजना बिग्रिन्छ। पैसा अड्किन्छ। ग्राहक टुट्छन्। त्यसैले व्यापारमा सफलता चाहिने हो भने ग्रहहरूको शान्ति, धैर्य, र नियोजित योजना अत्यावश्यक हुन्छ।
नमस्कार, दर्शकवृन्द! म अनुप खतिवडा, तपाईंहरूको आफ्नै ज्योतिष । आज हामी ग्रहहरूको चाल, तपाईंको राशिको प्रभाव, र यसको समाधानबारे विस्तृत रूपमा छलफल गर्नेछौ। हेरौँ, आज तपाईंको दिन कस्तो रहनेछ?
आज मिति वि.सं. २०८२ साल बैशाख २७ गते शनिबार। अङ्ग्रेजी मिति अनुसार सन २०२५ मे १० तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५, बछलाथ्व। संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु वसन्त। शुक्लपक्ष, त्रयोदशी तिथि दिउँसो ५:३४ बजेपछि चतुर्दशी लाग्नेछ। चित्रा नक्षत्र राति ३:२५ बजेपछि स्वाती। सिद्धि योग बिहान ४:२६ बजेपछि व्यतीपात लाग्ने छ। करण तैतिल दिउँसो ५:३४ बजेपछि गर। आज चन्द्रमा कन्या राशिमा रहेका छन्। आनन्दादि योग करण रहेको छ। दिनमान १३:२२ को हुनेछ। सूर्योदय बिहान ५:२० बजे हुनेछ भने सूर्यास्त साँझ ६:४२ बजे हुनेछ।
विशेष: आज चन्द्रमा कन्या राशिमा छन् जसले व्यवहारमा विश्लेषणात्मक सोच बढाउँछ। चित्रा र स्वाती नक्षत्रले सिर्जनात्मकता र स्वतन्त्रता ल्याउँछन्। सिद्धि र व्यतीपात योगले सफलता र चुनौती दुवै सम्भावना देखाउँछन्। शनिबार भएकाले शनिदेवको पूजन तथा सेवा–दया कार्य विशेष फलदायी हुनेछ।
मेष राशी:
स्वभाव: मेष राशीको स्वामी मंगल ग्रह हो। यिनको स्वभाव जोशीलो, साहसी, अग्रसर र अग्रेसिभ हुन्छ। तिनीहरू द्रुत निर्णय लिन्छन्। तर कहिलेकाहीँ अधैर्य र रिसले व्यापारमा समस्या निम्त्याउँछ। यिनीहरू नेतृत्व गर्न चाहन्छन्, तर समूहसँग चल्न गाह्रो मान्छन्।
व्यापारमा देखिने समस्या: शुरुवातमा जोशिलो काम तर दीर्घकालीन योजना नहुनु। रिस र अहंकारका कारण ग्राहक वा सहकर्मी टुट्नु। बारम्बार योजना परिवर्तन, धैर्य नहुनु। सल्लाह नमान्ने, एकल निर्णयमा अडिनु हुनु। ऋणको दुरुपयोग गर्नु, अनावश्यक बहादुरी प्रदर्शन गर्नु।
त्यसको कारण: मंगलको प्रभावले क्रियाशीलता बढी हुन्छ। तर सोचमा गहिराइ कम देखिन्छ। चन्द्रमा कमजोर वा शनि प्रतिकूल भयो भने योजना अड्किने छन्। कर्मचारीद्वारा धोखा, वा आफैंको रिसले व्यापार बिग्रन सक्छ।
सफलताको कर्म: प्रत्येक निर्णय अघि ३ दिन विचार गर्ने नियम बनाउने। व्यवसायिक साझेदारसँग संयमित व्यवहार गर्ने। मङ्गलबार वा शनिवार नियमित रुपले गरीबलाई रातो लुगा वा फलदान दिने। नियमित “ऊर्जा च्यानलाइज” गर्न खेल, ध्यान वा प्राणायाम गर्न सुरु गर्ने। व्यापारमा पुराना असफलताको समीक्षा गरेर पाठ सिक्ने।
ज्योतिषीय समाधान: मङ्गल शान्ति पाठ गर्नुहोस्। मङ्गलबार हनुमान मन्दिरमा घिउको दियो बाल्ने।‘ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः’ मन्त्र ११८ पटक जप गर्ने। रातो मसुरको दाल, तामा, र रातो वस्त्र मन्दिरमा दान गर्ने। व्यापारस्थलमा हनुमानजीको चित्र राख्ने—विशेष गरी दक्षिणमुखी।
वृष राशी
स्वभाव: वृष राशीको स्वामी शुक्र ग्रह हो। यिनीहरू धैर्यवान, सौन्दर्यप्रेमी, दृढ निश्चयी र भौतिक सुखमा रुचि राख्ने हुन्छन्। कुनै काममा सुरु गर्न ढिला गर्न सक्छन् तर सुरु गरेपछि लगातारता राख्ने स्वभाव हुन्छ।
व्यापारमा देखिने समस्या: सुरुवातमा ढिलाइ, अवसर छुट्ने। परिवर्तनप्रतिको डर, एकै तरिका अपनाउने। विलासिता र देखावटी खर्चमा बढी ध्यान हुने। कठोर वा रूढिवादी व्यवहार ग्राहक वा सहकर्मीबाट टाढिने।
त्यसको कारण: शुक्रले विलासिता, आरामप्रेम र सौन्दर्यतर्फ आकर्षण दिन्छ। यदि शनि प्रतिकूल भएमा जिद्दीपन, शुक्र कमजोर भएमा लोभ र आलस्यले व्यापारमा असर पुर्याउँछ।
सफलताको कर्म: नियमित नयाँ रणनीति अध्ययन गर्ने बानी बसाल्ने। खर्च र बचतको स्पष्ट योजना बनाउने। शुक्रबार दान वा सहयोग गर्ने कार्यमा संलग्न हुने।सौन्दर्यभन्दा कार्यक्षमतामा जोड दिने। सल्लाहकार वा अनुभवीको परामर्श लिने।
ज्योतिषीय समाधान: शुक्र शान्ति पाठ गर्ने। शुक्रबार लक्ष्मी मन्दिरमा सेतो फूल अर्पण गर्ने। ‘ॐ श्रां श्रीं श्रौं सः शुक्राय नमः’ मन्त्र ११८ पटक जप गर्ने। सेतो वस्त्र, घ्यू र मिश्री दान गर्ने। व्यापारस्थलमा लक्ष्मी गणेशको चित्र राख्ने।
मिथुन राशी
स्वभाव: मिथुन राशीका व्यक्ति चञ्चल, बौद्धिक, सामाजिक र बहुपक्षीय रुचि भएका हुन्छन्। उनीहरू एकै समयमा धेरै कुरा सोच्न सक्छन्, बोलिमा चतुर, व्यवहारमा मिलनसार र विचारमा तीव्र हुन्छन्। व्यवसायमा नयाँ आइडिया ल्याउन माहिर तर निरन्तरता दिन गाह्रो मान्ने स्वभाव हुन्छ।
व्यापारमा देखिने समस्या: धेरै योजना एकैपटक सुरु गर्ने तर आधा बाटोमै छाड्ने। निर्णयमा बारम्बार परिवर्तन हुनु। एकाग्रता कमीले स्थायी रणनीति बनाउन नसक्ने।बोलिमा वचन दिनु तर पूरा नगर्ने प्रवृत्ति हुनु। नयाँ कुरा सिक्न तिर अधिक रुचि, तर पुराना काम थाँती राख्ने।
त्यसको कारण: मिथुन राशीका स्वामी बुध ग्रह बौद्धिक चञ्चलता दिने ग्रह हो। यसको असरले तीव्र सोच त आउँछ, तर मन स्थिर रहँदैन। यदि बुध कमजोर भएमा व्यापारमा धोका, निर्णय भ्रम, वा ठगीका घटना हुनसक्छन्। साथै, चन्द्र, शनि वा राहु प्रतिकूल भएमा मानसिक चञ्चलता अझ बढ्न सक्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): दैनिक कार्यतालिका लेख्ने र प्राथमिकता तोक्ने। एकैपटक एक योजनामा मात्रै ध्यान दिने बानी बसाल्ने। हप्तामा एकदिन ‘काम समीक्षा’ को समय छुट्याउने। धेरै बोल्नुभन्दा काम देखाएर सम्बन्ध बनाउने। नयाँ ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता राख्ने।
ज्योतिषीय समाधान: प्रत्येक बुधबार बिहान गणेशजीको पूजा गर्ने। हरियो लुगाफाटा वा मूँगदाल गरीब वा मन्दिरमा दान गर्ने। व्यापारस्थलमा ताम्रपत्रमा लेखिएको “ॐ गं गणपतये नमः” राख्ने। मन्त्र: “ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः”—हरेक दिन ४३ पटक जप गर्ने।
कर्कट राशी
स्वभाव: कर्कट राशीका स्वामी चन्द्रमा हुन्। यिनीहरू भावुक, संवेदनशील, पारिवारिक भावना बोकेका, सुरक्षात्मक र कल्पनाशील स्वभावका हुन्छन्। सम्बन्धलाई प्राथमिकता दिन्छन्, तर मनी म्यानेजमेन्टमा कहिलेकाहीँ भावनाले नियन्त्रण गर्छ।
व्यापारमा देखिने समस्या: भावनामा बहकिने निर्णय। जोखिम लिन नचाहने प्रवृत्ति। परिवार वा पुरानो सम्बन्धको दबाबमा व्यापारिक सम्झौता गर्ने। नाफाको सट्टा ‘सम्बन्ध जोगाउने’ सोचले घाटा हुने। आफूलाई असुरक्षित महसुस गर्नु, निर्णयमा ढिलाइ गर्नु।
त्यसको कारण: चन्द्रमा चलायमान र भावनात्मक ग्रह हो। कमजोर चन्द्रले मानसिक द्विविधा, अस्थिरता, डर वा आत्मविश्वासको कमी ल्याउँछ। यदि चन्द्रमा अशुभ भावमा हो भने मानसिक तनाव, परिवारसँगको द्वन्द्व वा स्थायित्वको कमी व्यापारमा देखिन्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): वित्तीय निर्णयमा भावना होइन, तथ्यलाई प्राथमिकता दिनु। आफूमा आत्मविश्वास बढाउने अभ्यास (जस्तैः नित्य संकल्प) गर्ने। आफू विश्वास गर्ने एक सल्लाहकार राख्ने। ग्राहक वा सहकर्मी सँग भावना होइन, मूल्यमा आधारित व्यवहार गर्ने। व्यापार निर्णयहरू लेखेर मनस्थिति स्थिर बनाउने।
ज्योतिषीय समाधान: सोमबार चन्द्रको पूजा वा शिवजीलाई जल चढाउने। चन्द्र शान्तिको लागि “ॐ सोम सोमाय नमः” मन्त्र १०८ पटक जप गर्ने। चाँदीको गिलासमा पानी राखेर रातभर शिरमुनि राखी बिहान तुलसीमा हाल्ने। सेतो चामल, दूध वा मिश्री मन्दिर वा गरीबलाई दान दिने। शुभ समय हेरेर चन्द्रमा बलियो बनाउन सेतो वस्त्र वा मोती धारण गर्न सकिन्छ।
सिंह राशी
स्वभाव: सिंह राशीका स्वामी सूर्य हुन्। यिनीहरू स्वाभिमानी, आत्मविश्वासी, नेतृत्व गर्न रुचाउने, प्रतिष्ठालाई महत्व दिने र ठूला योजनामा विश्वास राख्ने हुन्छन्। व्यापारमा उनीहरू ‘ब्राण्ड’ निर्माणमा रमाउँछन् र आफूलाई अगाडि राख्न चाहन्छन्।
व्यापारमा देखिने समस्या: आफ्नो इज्जत जोगाउने चिन्तामा स्पष्ट निर्णय नगर्नु। अरूको सुझाव नमान्ने, केवल आफू सही ठान्ने। नाफाको सट्टा ‘दख्खल’ देखाउने बानी।सानो व्यापार वा लगानीलाई हेप्ने प्रवृत्ति। कर्मचारी वा साझेदारसँग अभिमानी व्यवहारले टाढा पार्ने।
त्यसको कारण: सूर्य आत्मसम्मान र प्रतिष्ठाको ग्रह हो। कमजोर सूर्य वा शनि–राहुको अशुभ दृष्टि परेमा घमण्ड, अहंकार, वा आत्मविश्वासको अति व्यापारमा समस्या ल्याउँछ। झुठा आश्वासन, वैभव प्रदर्शन, र निर्णयमा कठोरता घातक बन्न सक्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): नाफा भन्दा पहिले ग्राहकको विश्वास बढाउने रणनीति बनाउने। सहकर्मी र ग्राहकसँग ‘आदर’ र ‘सहयोग’ जनाउने व्यवहार गर्ने। सानो सफलता पनि सहर्ष स्वीकार्ने र त्यसमै सुधार गर्ने। प्रतिष्ठा होइन, परिणाममा ध्यान दिने बानीको विकाश गर्ने। व्यर्थको घमण्ड त्याग्ने।
ज्योतिषीय समाधान: हरेक आइतबार बिहान तामाको लोटामा रातो फूल, कुंकुमसहित सूर्यलाई जल चढाउने। मन्त्र: “ॐ घृणिः सूर्याय नमः” ११ बार जप गर्ने। रातो रङको कपडा वा तामाको वस्तु दान गर्ने। जनहितका कार्यमा (जस्तैः विद्यार्थीलाई सामग्री दान) संलग्न हुने। व्यापारिक कक्षमा सूर्यदेवको तेजस्वी चित्र राख्ने—पूर्व दिशा रोज्ने।
कन्या राशी
स्वभाव: कन्या राशीका स्वामी बुध (Mercury) हुन्। यिनीहरू विवेकशील, यथार्थवादी, विश्लेषक, व्यवहारिक, नापतौलमा पक्कापक्की गर्ने, तथा सूक्ष्म विवरणमा ध्यान दिने स्वभावका हुन्छन्। योजना बनाउन, हिसाबकिताब गर्न र साना काममा दक्ष हुन्छन्।
व्यापारमा देखिने समस्या: अत्यधिक सूक्ष्मताले निर्णयमा ढिलाइ हुने। जोखिम नलिने प्रवृत्ति, जसले अवसर चुकाउने छ। बारम्बार शंका गरेर सहयोगीलाई असहज बनाउने छ। व्यवसायमा नवीनता ल्याउन नसक्ने देखिन्छ। नाफाभन्दा कामको सफाइमा ध्यान दिनु।
त्यसको कारण: बुध ग्रह विचार, सम्पर्क र बौद्धिक क्षमताको कारक हो। कमजोर बुध, वा बुध–केतु/राहुको प्रभावले अत्यधिक शंका, मानसिक चिन्ता, अथवा अत्यधिक विश्लेषण गर्ने बानीले निर्णय क्षमतामा बाधा ल्याउँछ।
सफलताको कर्म (व्यवहारिक सुधार): काममा ‘९०% पर्याप्त छ’ भन्ने सोच विकसित गर्ने। नयाँ प्रविधि वा उपायको प्रयोगमा खुलापन देखाउने। सानो जोखिम लिन तयार रहने, हरेक कुरा गणनामा मात्र। सीमित नगर्ने। कर्मचारी वा ग्राहकमा विश्वास बढाउने अभ्यास। रणनीतिमा लचिलोपन अपनाउने।
ज्योतिषीय समाधान: बुधबार बिहान तुलसीमा जल चढाउने। मन्त्र: “ॐ बुं बुधाय नमः” १०८ पटक जप गर्ने। हरियो वस्त्र, मूँगको दाल वा धनियाँको बीउ दान गर्ने।अफिस वा व्यापारस्थलमा हरियो बिरुवा राख्ने। बुधको शान्तिका लागि बालबालिकालाई शिक्षासामग्री वा खाना दान गर्ने।
तुला राशी
स्वभाव: तुला राशीका स्वामी शुक्र (Venus) हुन्। यिनीहरू सन्तुलित, आकर्षक, व्यावसायिक कूटनीतिमा पारङ्गत, सौन्दर्य र कला प्रेमी तथा साझेदारीमा विश्वास राख्ने हुन्छन्। तुला राशीका जातकहरू ग्राहकको रुचि बुझ्न जान्दछन्। व्यापारमा ‘ब्रान्ड’ र ‘प्रस्तुतीकरण’लाई मुख्य मान्दछन्।
व्यापारमा देखिने समस्या: निर्णय लिन ढिलाइ, सबैलाई खुसी राख्ने चेष्टा। साझेदारीमा अन्धविश्वास—धोखा हुने सम्भावना। सजावटमा खर्च बढी, लाभभन्दा ‘इमेज’ प्राथमिकता। कहिलेकाहीँ वास्तविकता भन्दा देखावटमा विश्वास गर्नु। अधिक सहमति खोज्दा अवसर गुमाउनु तपाइको समस्या हुन।
त्यसको कारण: शुक्र सुख, भोग, कला, र सम्बन्धको ग्रह हो। यदि शुक्र अशुभ स्थानमा छ वा राहु–शनि सँग दृष्टि छ भने निर्णयमा भ्रम, देखावटी खर्च, वा प्रेम–सम्बन्धका कारण व्यापार प्रभावित हुन्छ। भावनात्मक निर्भरता पनि घाटाको कारण हुन सक्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): साझेदार वा ग्राहक सँगको सम्झौता कागजी रूपमा प्रष्ट बनाउने। सौन्दर्यभन्दा गुणस्तरमा ध्यान केन्द्रित गर्ने। कुनै निर्णय अघि ‘आर्थिक तर्क’ हेर्ने बानी बसाल्ने। साझेदारीमा अन्धविश्वास नगर्ने, ‘क्लोज मानीटरिङ’ राख्ने। व्यक्तित्व होइन, उत्पाद वा सेवाको ‘पारदर्शिता’ बढाउने।
ज्योतिषीय समाधान: शुक्रबार शुद्ध र चन्द्रमुखी वस्त्र लगाउने, श्रीसुक्त पाठ गर्ने। मन्त्र: “ॐ शुं शुक्राय नमः” ११८ पटक जप गर्ने। सेतो चामल, चाँदी, वा मिठाई मन्दिर वा गरीबलाई दान गर्ने। घर वा अफिसमा सुगन्धयुक्त बत्ती, सुन्दर चित्र, सौन्दर्ययुक्त वातावरण राख्ने।
शुक्रको शान्तिका लागि हिँड्ने बेलामा अत्तर वा सुगन्ध प्रयोग गर्ने बसाल्नुहोस।
वृश्चिक राशी
स्वभाव: वृश्चिक राशीका स्वामी मंगल हुन्। यिनीहरू गहिरो, रहस्यमय, आत्मविश्वासी, समर्पित तर गोप्य स्वभावका हुन्छन्। व्यापारमा केन्द्रित, रिसिस्टेन्ट र शक्तिशाली ढङ्गले काम गर्छन्। तर कहिलेकाहीँ अत्यधिक संवेदनशील वा बदला प्रवृत्तिका कारण व्यवसायमा तनाव आउन सक्छ।
व्यापारमा देखिने समस्या: अत्यधिक गोप्यता, सल्लाह लिने बानीको कमी। सहकर्मी वा साझेदारसँग अविश्वास। आत्मसम्मानमा चोट पुग्दा आवेगमा निर्णय। रणनीतिमा कठोरता, लचिलोपनको कमी। बदला वा प्रतिस्पर्धामा शक्ति खर्च गर्ने।
त्यसको कारण: मंगलको शक्ति व्यापारमा साहस र दृढता दिन्छ, तर यदि मंगल पापग्रहसँग ग्रस्त छ भने आक्रोश, झगडा, वा कठोरपनले व्यापारमा विघ्न आउन सक्छ। चन्द्रमा कमजोर भएमा भावना नियन्त्रणमा रहँदैन।
सफलताको कर्म (व्यवहारिक सुधार): सल्लाहमा खुलापन ल्याउने, सबै कुरा आफैमा नराख्ने। रिस वा भावनामा व्यापारिक निर्णय नगर्ने। प्रतिस्पर्धाको सट्टा सहकार्यतर्फ ध्यान दिने
कर्मचारी वा सहकर्मीप्रति विश्वास विस्तार गर्ने। आवश्यकता अनुसार योजना परिवर्तन गर्न तयार हुने।
ज्योतिषीय समाधान: मङ्गलबार हनुमान मन्दिरमा घिउको दियो बाल्ने। मन्त्र: “ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः” ११८ पटक जप गर्ने। तामा, मसुरको दाल, रातो लुगा वा फल मन्दिरमा दान गर्ने। चन्द्रमाको शान्तिका लागि सोमबार दूध वा चामलको दान गर्ने। व्यापारस्थलमा शुद्धता, दीप र सुरक्षाको प्रतीक राख्ने।
धनु राशी
स्वभाव: धनु राशीका स्वामी गुरु (बृहस्पति) हुन्। यिनीहरू आशावादी, धार्मिक, शिक्षाप्रेमी, आदर्शवादी र फराकिलो सोच भएका हुन्छन्। व्यवसायमा इमानदार, तर कहिलेकाहीँ अति आत्मविश्वासी र व्यावहारिकताबाट टाढा हुने प्रवृत्ति हुन्छ। यिनीहरू ज्ञान र नैतिकता आधारित निर्णयमा विश्वास गर्छन्।
व्यापारमा देखिने समस्या: व्यवहारभन्दा सिद्धान्तलाई बढी महत्व दिनु। जोशमा आएका बेला ठूला योजना बनाउने तर पूर्णता नदिने। पैसाको मामिलामा गफ बडि लगाउनु। ‘ठूलो सोच’ भन्दै सानोतिनो मौका गुमाउने। धर्म वा आदर्शका कारण व्यापारिक कठोर निर्णय नलिनु। सामान वा कार्यलय मा ब्यबस्थापन कमि हुनु।
त्यसको कारण: बृहस्पति गुरु ग्रहले ज्ञान, धर्म र विश्वासको प्रतीकता दिन्छ। कमजोर बृहस्पति वा राहु/केतुसँग संयोगमा आएमा दृष्टिकोण धेरै नै आदर्शवादी बनेर व्यापारिक यथार्थबाट टाढा बनाउँछ।
सफलताको कर्म (व्यवहारिक सुधार): योजनालाई व्यावहारिक र चरणबद्ध बनाउने। सानो सुरुवातलाई पनि सम्मान गर्न सिक्ने। पैसाको व्यवस्थापनमा ध्यान दिने। तर्क र भावना दुवैको सन्तुलनमा निर्णय गर्ने। हरेक ठूला कामअघि सल्लाह लिने बानी बसाल्ने।
ज्योतिषीय समाधान: गुरुवार पीपलको रुखमा जल चढाउने। मन्त्र: “ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः” १०८ पटक जप गर्ने। हल्दी, बेसार, केरा वा पहेँलो लुगा दान गर्ने। गुरु मन्दिरमा गाई वा ब्राह्मणलाई भोजन गराउने। व्यापारस्थलमा गुरु बृहस्पति वा श्रीविष्णुको तस्बिर राख्ने।
मकर राशी
स्वभाव: मकर राशीका स्वामी शनि ग्रह हुन्। यिनीहरू व्यवहारिक, धैर्यवान्, परिश्रमी र योजना अनुसार चल्ने स्वभावका हुन्छन्। व्यापारमा गहिरो सोच राख्ने, दीर्घकालीन योजना बनाउने तर कहिलेकाहीँ अत्यधिक सावधानीले अवसर गुमाउने प्रवृत्ति हुन्छ। जोखिम लिन हिचकिचाउँछन्।
व्यापारमा देखिने समस्या: अत्यधिक सोच्दा अवसर गुम्ने। डर र शंका धेरै हुने। परिवर्तनसँग डराउने, पुरानै तरिकामा अड्किरहनु। काममा ढिलो हुने, लचिलोपनको कमी
जोखिम नलिँदा प्रतियोगीभन्दा पछाडि पर्नु।
त्यसको कारण: शनि ग्रहको प्रभावले मकर राशीका जातकहरूलाई संयमी, स्थिर र अनुशासित बनाउँछ। तर यदि शनि अशुभ हो भने विलम्ब, असफलता र आर्थिक हानि गराउँछ। चन्द्र कमजोर भएमा मानसिक तनाव र आत्मविश्वासमा कमी देखिन्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): अवसर पहिचान गरेर समयमै निर्णय गर्न सिक्ने। योजना बनाउने मात्र होइन, कार्यान्वयनमा पनि चाँडो हुने। आफूभन्दा कान्छा वा स्टाफप्रति विश्वास बढाउने। समयको मूल्य बुझेर कामलाई ढिला नगर्ने। जोखिमलाई डर होइन, हिसाबले हेर्ने।
ज्योतिषीय समाधान: शनिबार कालो तिल, तेल, लत्ताकपडा दान गर्ने। शनिदेवको पूजा गर्ने र शनिदेव मन्दिरमा घिउको दियो बाल्ने। मन्त्र: “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” १०८ पटक जप गर्ने। शनिबार मजदुर वा गरिबलाई भोजन गराउने। व्यापारस्थलमा शनि यन्त्र वा शनिदेवको फोटो राख्ने।
कुम्भ राशी
स्वभाव: कुम्भ राशीका स्वामी शनि ग्रह हुन्। यिनीहरू नवीनतम सोच, समाजसेवा, सहकार्य र मस्तिष्कीय कार्यमा रुचि राख्ने हुन्छन्। व्यावसायिक दृष्टिकोणले कुम्भ राशीका जातकहरू एकदमै आदर्शवादी र भविष्यमुखी हुन्छन्। यिनीहरूले परिवर्तन र नवीन विचारको साँचो मूल्याङ्कन गर्छन्, तर कहिलेकाहीँ धेरै प्रयोगात्मक र अनियमित सोचका कारण व्यापारमा स्थिरता गुम्न सक्छ।
व्यापारमा देखिने समस्या: अत्यधिक नवीन विचार र प्रयोग गर्दा व्यावहारिकता गुम्नु। सहकार्यमा विश्वास गर्दा कामको मापदण्ड कमजोर हुनु। योजनामा धेरै परिवर्तन गर्ने, तय नगरी केही पनि सुरु गर्नु। अत्यधिक आत्मविश्वास र अडानका कारण टिमवर्कमा समस्या आउनु। ग्राहक वा सहकर्मीलाई ध्यान नदिनु।
त्यसको कारण: शनि ग्रहले कुम्भ राशीलाई समाजिक सोच र भविष्यको। दृष्टिकोण दिने भने पनि, यदि शनि प्रतिकूल छ भने,कार्यमा। समायोजन र सोचमा लचिलोपनको कमी आउन सक्छ। कुम्भ राशीका जातकहरूले सामान्यतया भविष्यको। विचारमा धेरै ध्यान दिने हुँदा अहिलेको समयको व्यावहारिक पक्षमा ध्यान दिन सक्दैनन्।
सफलताको कर्म (व्यवहारिक सुधार): नवीनता र परम्परागत सोचको सही सन्तुलन बनाउने। कार्यहरूको कार्यक्षमता र व्यावहारिकतामा ध्यान दिने। सहकार्य र टीमवर्कमा विश्वास बढाउने। योजना र कार्यको बीचमा सही समायोजन गर्ने। जोखिम लिने तर हरेक कदम सोचविचार गरेर अघि बढ्ने।
ज्योतिषीय समाधान: शनिबार शनि यन्त्र वा शनिदेवको पूजा गर्ने। मन्त्र: “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” १०८ पटक जप गर्ने। पुख्ता दान, विशेष गरी कमजोर वर्गलाई मद्दत गर्ने। तामा, नीलो वस्त्र, तेलको दान गर्ने। व्यापारस्थलमा शनि देवको फोटो राख्ने र प्रत्येक शनिबार तेलको दीयो बाल्ने।
मीन राशी
स्वभाव: मीन राशीका स्वामी गुरू (बृहस्पति) हुन्। यिनीहरू संवेदनशील, सृजनशील, सहानुभूति राख्ने, र कलात्मक दृष्टिकोण भएका व्यक्तिहरू हुन्छन्। व्यावसायिक दृष्टिकोणले मीन राशीका जातकहरूले विश्वास र मानवीय पक्षलाई प्राथमिकता दिन्छन्। यिनीहरू कल्पनाशील, त्याग गर्ने र सजग विचारक हुन्छन्, तर कहिलेकाहीँ वास्तविकता र कल्पना बीचको सन्तुलन गुमाउँछन्।
व्यापारमा देखिने समस्या: अति संवेदनशीलता र भावनात्मक निर्णय लिनु। वास्तविकता र कल्पनामा भिन्नता नदेखिनु। समर्पण र विश्वास गर्न गाह्रो, तर कामको भित्री पक्षमा समस्या नसम्झनु। व्यावसायिक निर्णयमा स्पष्टता नहुनु। लक्ष्य नचाहिँदा वा शंकाग्रस्त हुने।
त्यसको कारण: बृहस्पति ग्रहले मीन राशीका जातकलाई नैतिकता र उच्च आदर्श दिन्छ। तर कमजोर बृहस्पति वा प्रतिकूल ग्रहको प्रभावले व्यापारमा निर्णय क्षमता र स्पष्टता गुम्नसक्छ। यिनीहरूको अत्यधिक सृजनशीलता र कल्पनाशक्ति वास्तविक व्यावसायिक परिस्थितिहरूसँग मेल नखाउँदा समस्या आउनसक्छ।
सफलताको कर्म (व्यवहारिक सुधार): स्पष्ट लक्ष्य निर्धारण गर्ने र छोटो समयमा प्राप्त गर्ने योजना बनाउने। भावनात्मक निर्णयको सट्टा व्यावसायिक दृष्टिकोण अपनाउने। सहकर्मी र कर्मचारीहरूसँग स्पष्ट र खुला संवाद राख्ने। व्यवस्थित योजना र प्रक्रियामा ध्यान दिने। वास्तविकता र कल्पना बीचको भेदबुझ बढाउने।
ज्योतिषीय समाधान: बृहस्पति यन्त्र वा बृहस्पति देवताको पूजा गर्ने। मन्त्र: “ॐ ब्रां ब्रीं ब्रौं सः बृहस्पतये नमः” १०८ पटक जप गर्ने। पहेँलो रंगका कपडा वा हल्दी दान गर्ने। श्रीविष्णु वा बृहस्पतिका चित्र व्यापार स्थलमा राख्ने। बृहस्पतिको पक्षमा पूजा र बृहस्पति यन्त्रको प्रयोग गर्ने।







प्रतिक्रिया