राप्ती हाइड्रोपावरलाई ६१ करोडको हकप्रद जारी गर्न स्वीकृति

301
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

बिहीबार कम्पनीलाई हकप्रसद सेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ को अनुपातमा हुनेगरी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाा बराबरको हकप्रस सेयर जारी गर्ने स्वीकृति पाएको हो ।

कम्पनीले हकप्रद सेयर जारी गर्न यसअघि नै मुक्तिनाथ क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।