सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

721
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

बुधबार तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुगेको हो ।

यसैगरी, चाँदीको मूल्यमा भने कमी आएको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।