६१ अंकले बढ्दै नेप्से २६७२ विन्दुमा, साढे १० अर्बको कारोबार हुँदा अधिकांश सूचक सकारात्मक

399
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.२६ अंक अर्थात् २.३४ प्रतिशतले बढेर २६७२.७० विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से १.०३ अंकले बढेको थियो भने त्यसअघिका पाँच कारोबार दिन लगातार घटेको थियो ।

बुधबार सूचकसँगै कारोबारमा पनि सुधार आएको छ । आज नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ५६ करोडको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओम मेगाश्री र पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्सको सेयर मूल्य ९.०७ प्रतिशतले बढ्दा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक अर्थात् ४.४३ प्रतिशतको गिरावट आएको छ ।

बुधबार बैंकिङ समूहको सेयर मूल्य २.८० प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, फाइनान्स समूहमा ५.५५ प्रतिशत, जलविद्युत् समूहमा ३.१३ प्रतिशत र लगानी समूहमा ०.९६ प्रतिशतको वृद्धि भएको छ ।

जीवन बिमा समूह सूचकमा २.५४ प्रतिशत, उत्पादन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा २.२२ प्रतिशत, निर्जीवन बिमा समूहमा २.७७ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा ०.५४ प्रतिशतको वृद्धि देखिएको छ ।