धितोपत्र बोर्डमा कमिसन बार्गेनिङ बारे छानबिन संयन्त्र बनाउन रुलिङ गर्न माओवादीको माग

112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले धितोपत्र बोर्डमा कमिसनको खेलबारे आएका सार्वजनि भएका समाचारहरुमा गम्भीर चासो भएको जनाएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलका कारण २२ महिनादेखि १ हजार ९.५२ मेगावाट क्षमताका ४३ वटा आयोजनाका ८९ कम्पनीका ५६ अर्ब ७ करोड ९३ लाख बराबरको आईपीओको अनुमति रोकिएको जनाए ।

धितोपत्र बोर्डले सानो परियोजनासँग ५ र ठूलासँग ७ प्रतिशतसम्मको बार्गेनिङ गरेको समाचारहरु बाहिरिएको भन्दै सापकोटाले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले यसबारे भरपर्दो संयन्त्रबाट छानबिन गर्न सरकारलाई रुलिङ गर्न माग गरे ।

‘सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष लिएको छ, तर सरकरकै निकायको रवैया यस्तो छ त्यसैले यो घटनाको बारेमा भरपर्दो संयन्त्रबाट छानबिन गर्नु पर्‍यो सभामुखमार्फत रुलिङको माग गर्दछु ।’

यस्तो घटनाले जलविद्युत प्रवर्धक हतोत्साही भएको उनले बताए ।

‘सरकार विचौलियाबाट चलिरहेका छ भनेर हामीले भनेको होइन, उहाँहरुले सार्वजनिक गर्नु भएको छ त्यसैले सभामुखमार्फत रुलिङको माग गर्दछु,’ उनले भने ।