५ दिनको गिरावटपछि नेप्सेमा सुधार, ८ अर्ब ७४ करोडको कारोबार

168
Shares

काठमाडौं । लगातारको पाँच दिनको गिरावटपछि सेयर बजारमा सामान्य सुधार आएको छ । लगातार पाँच कारोबार दिन घटेपछि मंगलबार भने सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२६ अंकले बढेर २६१४.६७ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ९.९८ अंक र आइतबार ३.४४ अंकले घटेको थियो । यस्तै, गत साताको सोमबार नेप्से १४.५३ अंक, मंगलबार १५.०८ अंक र बुधबार ८.१४ अंकले घटेको थियो ।

आज नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।

नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

मंगलबार जलविद्युत् समूहको सेयर मूल्यमा १.५४ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा २.०७ प्रतिशतको सुधार आउँदा फाइनान्स समूहमा १.१० प्रतिशतको गिरावट आएको छ ।