तेह्रथुम पावर कम्पनीले पायो हकप्रद सेयर निष्कासन अनुमति

77
Shares

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

बोर्डको स्वीकृति पाएसँगै अब कम्पनीले ४० करोड रपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले यसअघि नै बिक्री प्रवन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।