
काठमाडौं । भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न लेखा समितिले गठन गरेको उपसमिति संयोजकबाट पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले छाडेको घोषणा गरेका छन् ।
आइतबा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न गठिन उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा एमाले सांसदसमेत रहेका भट्टराईले आफूमाथि प्रश्न उठेको भन्दै प्रतिवेदन तयार गर्न अस्वीकार गरेका हुन् ।
भैरहवा विमानस्थलको अनुगमनपछि प्रारम्भिक रिपोर्टका सन्दर्भमा आफूमाथि प्रश्न उठेको भन्दै भट्टराईले प्रतिवेदन तयार गर्न अस्वीकार गरेका छन् । उनले स्वार्थको द्वन्द्व भएको रिपोर्ट भएका प्रतिवेदन समितिमा पेश भएको बताए ।
पोखरा विमानस्थलबारेको अध्ययनमा पनि त्यस्तै भएको उनको दाबी छ ।
‘प्रश्न उठेपछि बस्न ठिक लागेन,’ उनले भने, ‘त्यसैले भैरहवाको उपसमिति छाडेको छु ।’ भैरहवामा आफूमाथि प्रश्न उठ्दा सोही प्रकृतिको व्यक्ति सदस्य हुँदा पोखरा विमानस्थलको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ भन्दै उनले प्रश्न गरे । कोही सदस्यले उक्त प्रतिवेदन स्वार्थप्रतेरित छ भने के गर्ने भन्दै उनले प्रश्न गरे ।
सांसद मनिष झाले प्रेम आलेले पनि पोखराको उपसमितिबाट छाड्नु पर्ने बताएका थिए ।
जवाफमा पूर्वपर्यटन मन्त्री प्रेम आलेले छलफलमा भएको सहमति अनुसार हुने गरि आफू पोखराको अध्ययन गर्न गठित उपसमिति छाड्न तयार रहेको बताए । तर, उपसमितिले अध्ययन पूरा गरि प्रतिवेदन लेखा समितिमा बुझाइसकेको छ ।
प्रतिक्रिया