मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै

3.4k
Shares

काठमाडौं । मौसम प्रतिकुल बन्दा विमानहरुको उडान र अवतरण प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन् ।

छेन्दुबाट काठमाडौं आएको एयर चाइनाको विमानले निजगढको आकाशमा फन्का मारिरहेको छ भने सिचुवान एयरको जहाज पनि मकवानपुरको आकाशमा घुमिरहेको छ ।

त्यस्तै सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्रीएयरको जहाज होल्ड हुँदा भैरहवाबाट आएको विमान पनि आकाशमा घुमिरहेको छ । त्यस्तै रामेछापबाट फाप्लुका लागि उडेको जहाज पनि डाइभर्ट भएको छ । नेपालगञ्जबाट काठमाडौं आएँदै गरेको जहाज हेटौंडाको आकाशमा घुमिरहेको छ ।