
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई हटाएपछि लोडसेडिङ बढेको भन्ने आरोपलाई आधारहीन बताएका छन् । उनले यस्ता दाबी गर्नेहरूलाई तथ्यमा आधारित भएर टिप्पणी गर्न सुझाव दिँदै स्मार्ट मिटरका तथ्यांक अध्ययन गर्न आग्रह गरे ।
शुक्रबार शाक्यले श्वेतपत्र सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा एक जना सहभागीले शाक्यमाथि प्रश्न गरेका थिए ।
आफूलाई’देश र जनताको प्रतिनिधि बताउँदै पत्रकार सम्मेलनमा पुगेका राजाराम तण्डुकारले कुलमान हटेपछि बारम्बार बत्ति जान थालेको भन्दै आक्रोश पोखेका थिए । कसैले बारम्बार बत्ति गइरहेको महसुस नगरेको भए हात उठाउन उनले चुनौती दिए।
शाक्यले तत्कालै प्रतिक्रिया दिँदै पोडियममै हात उठाउँदै भने, ‘ल, मैले नै उठाएँ। मैले तपाईंहरूलाई चैतसम्मको स्मार्ट मिटरको डाटा दिएको छु। तथ्य नहेरी यसरी बोल्नु ठीक होइन ।’
तर तण्डुकारले शाक्यको कुरा स्वीकारेनन् र आफूहरुले लोडसेडिङको दुख भोगिरहेको, मोबाइल समेत चार्ज गर्न नपाएको तर्क गरे ।
तर शाक्यले भने स्मार्ट मिटरमाथि तथ्य हेर्न आग्रह गरे ।








प्रतिक्रिया