
काठमााडैं। सरकारले निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताको प्रशारणलाई निमार्ण गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपनि रामचन्द्र पौडेल विद्युत प्रशारण संरचना निमार्ण गर्न ट्रान्समिसन तथा ह्वीलिङ चार्ज लगायतको आवश्यक नीतिगत र नियामकिय व्यवस्था बनाउने बताए ।
जनताको जलविद्युत कार्यक्रम अन्तरगत जलविद्युत निमार्णको लागि स्रो परिचालन गर्ने उनले बताए । जनताको जलविद्युत कार्यक्रम अन्तरगत आयोजना निमार्णमा वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्स परिचालन गर्ने प्रयास गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिक्रिया