हितेन्द्रको श्वतेत्रप

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौत उठाउ प्राविधिक प्रमाण जुटाउनुपर्छ, सरकारले दिएन १४ अर्ब

252
Shares

काठमाडौं । २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको हितेन्द्रदेव शाक्यको श्वेतपत्रमा उल्लेख छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोड मध्ये पहिलो खण्ड २०७२ श्रावण देखि पौषसम्मको १ अर्ब ४२ करोड, दोस्रो खण्ड २०७२ माघ देखि २०७५ बैशाखसम्म ६ अर्ब ११ करोड र तेस्रो खण्ड २०७५ जेष्ठ देखि २०७७ असारसम्म ९ अर्ब १ करोड तथा त्यसको चक्रिय जरिवाना रकम ६ अर्ब ९० करोड रहेको छ ।

उक्त बक्यौता असुलिको लागि प्राविधिक रुपमा प्रमाण जुटाउनु पर्ने उनले बताए । पहिलो खण्ड र तेस्रो खण्डको रकमको हकमा अदालतमा विचाराधिन रहेको समेत उनले बताए ।

सरकारले १४ अर्ब शोधभर्ना दिएन

नेपाल सरकारबाट कोभिड छुट, चिस्यान केन्द्र लगायत शीर्षकमा दिइएको छुट वापतको रकम १४ अर्ब १० करोड बराबरको शोधभर्ना प्राप्त गर्न बाँकी उनले बताए ।

यस्तो शोधभर्ना वगतका वर्षदेखि बाँकी रही आएको भएपनि नेपाल सरकारबाट प्राप्त हुन सकेको नसकेको उल्लेख छ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको र अन्य सहित बक्यौता जम्मा ३२ अर्ब ५ करोड रहेको छ । यी रकम महालेखा परिक्षकको आ.व. २०८०/०८१ को प्रतिवेदनमा पनि प्राप्ति अनिश्चित भएको र आयमा संलग्न गरिएको बारे कैफियत जनाइएको उल्लेख छ ।

यी बक्यौता रकमहरु आयमा समावेश गरी प्राधिकरणको वासलात तयार भएकोले उल्लेख छ । यसबाहेक १२ अर्ब ४९ करोड नियमित तर्फको बक्यौता रहेको श्वेतपत्रमा उल्लेख छ ।