बिजुलीको भाउ बढाउने हितेन्द्रको तयारी, भन्छन्ः ३ वर्षदेखि मूल्य समायोजन भएन

1.3k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिजुलीको महसुल बढाउने संकेत गरेका छन् ।

शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै उनले विगत ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको बताएका हुन् । उनले समयानुकुल विद्युत महशुल समायोजन गर्न आवश्यक पहल गर्ने योजना बनाएका हुन् ।

यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रचलित विद्युत वितरण तथा संलकन विनियमावली अनुसार असुलीको प्रकृया तत्काल अगाडि बढाइने उनको तयारी छ ।

यसैगरी सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकारको सहयोग लिई असुल गरिने उनले बताए ।