
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अवकासमा जाँदा कर्मचारीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ३९ अर्ब भए पनि त्यसलाई स्रोत व्यवस्थापन नगरेको पाइएको छ ।
शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले स्वेतपत्र जारी गर्दै एक्चुरियल भ्यालुएसनमा कर्मचारी अवकास हुँदा दिनुपर्ने दायित्व ४८ अर्ब ८७ करोड भए पनि त्यसको लागि स्रोत व्यवस्थापन नभएको उल्लेख गरेका छन् ।
‘कर्मचारीलाई अवकास भुक्तानी गर्दा दिनुपर्ने दायित्व ४८ अर्ब ८७ करोड रहेकोमा सो भुक्तानी गर्न संस्थाले ८१ करोड २ लाख रुपैयाँ मात्र रकम छुट्टाएकोले बाँकी रकम ४८.०६ अर्ब कुन श्रोतबाट भुक्तानी गर्ने भन्ने संस्थासंग योजना छैन,’ प्राधिकणको प्रबन्ध निर्देशक शाक्यले जारी गरेको श्वेतपत्रमा भनिएको छ ।
सरकारले प्राधिकरण्को कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरी गत चैतमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य प्राधिकरण्को कार्याबकारी निर्देशक भएपछि शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
उनले श्वेतपत्र जारी गर्दै महालेखा परिक्षकको प्रतिवेदन अनुसार प्राधिकरणले वित्तिय विवरणमा विभिन्न शिर्षकमा देखाएको दायित्व १ खर्ब ५३ करोड कसको दायित्व हो भनि एकिन गर्न नसकिएको जनाएको छ ।
आर्थिक वर्ष २०६२/६३ देखि तिर्नुपर्ने दायित्व व्यवस्था अन्तर्गत ५३ करोड ६५ लाख वित्तीय विवरणमा देखाउँदै आएको तर प्रचलित लेखा मापदण्ड अनुसार सो रकम तिर्न नपर्ने देखिएमा पुनर्लेखन गर्नुपर्नेमा सो समायोजन हालसम्म पनि नगरेको श्वेतपत्रमा उल्लेख छ ।








प्रतिक्रिया