
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालको अवस्था र चुनौतीबारे विश्लेषण गर्दै स्वेतपत्र सार्वजनिक गरेको छ । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तयार पारिएको स्वेतपत्र सार्वजनिक गरेका हुन् ।
शाक्यका अनुसार २०८१ सालको माघ महिनासम्म देशभर विद्युत उपभोग गर्ने ग्राहक संख्या ५५ लाख ६६ हजार पुगेको छ ।
हालसम्म देशमा विद्युत उत्पादनको जडित क्षमता ३ हजार ५ सय ११ मेघावाट पुगेको छ । यसमध्ये नेपाल विद्युत प्राधिकरण स्वयंकै उत्पादन क्षमता ६६१ दशमलव ५७ मेघावाट रहेको छ ।








प्रतिक्रिया