
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
यसअघि वैशाख १६ गते श्वेतपत्र जारी गर्ने भनिए पनि स्थगित भएको थियो ।
उक्त पत्र सार्वजनिक गर्न प्राधिकरणले शुक्रबार दिउँसो दुई बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गर्ने श्वेतपत्रमा प्राधिकरणको वास्ताविक नाफा नोक्सानी बाहिर ल्याइने बताइएको छ ।








प्रतिक्रिया