ओली, देउवा र प्रचण्ड बीच भेटवार्ता जारी

2.7k
Shares

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन दलका शीर्ष नेताहरूबीच पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। विशेषगरी संक्रमणकालीन न्याय टुंग्याउने विषयमा समेत कुराकानी भइरहेको जनाइएको छ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्याय लगातका विषयमा छलफल भइरहेको जनाइएको छ ।