
काठमाडौं । एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) वैशाख १४ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
शेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध रहने छ ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पुँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्त्वपूर्ण कदम अघि बढाएको जनाइएको छ ।
यस प्रणाली मार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत शेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने रियल टाइम अर्डर प्लेसमेन्ट एन्ड पोर्टफोलियो ट्र्याकिङ सुविधा तथा मोबाइल उपकरणहरूमा पनि सजिलो पहुँच रहेको जनाएको छ।








प्रतिक्रिया