विकास हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति

217
Shares

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड सेबोनले प्रतिसेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि यसअघि नै प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।