
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर २६३५.४२ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १४.५३ अंकले घट्दै २६६४.०७ विन्दुमा रोकिएको थियो भने आइतबार ३.५८ अंकले बढेको थियो ।
आज सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ५७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । आज कर्पोरेट विकास बैंक, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । आज फाइनान्स समूहमा सर्वाधिक अर्थात् १.०९ प्रतिशतको गिरावट आउँदा व्यापार समूहमा ०.६६ प्रतिशतको सुधार आएको छ ।








प्रतिक्रिया